logo

बीमा विधयेक संसदमा पेश, हुबहु पारित भए बर्तमान सञ्चालक समिति खारेज हुने 

१३ साउन/अर्थ र व्यापार– बीमा क्षेत्रलाई व्यवस्थित र स्वस्थ प्रतिस्पर्धाबाट अघि बढाउने र बीमितको हक हित रक्षाका लागि भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आइतबार बीमा विधयेक संसदमा पेश गरेको छ ।  बीमा समितिलाई प्राधिकरणमा रुपान्तरण गरिने ब्यवस्था गरिएको छ । विधेयकमा भएको ब्यवस्था जस्ताको त्यस्तै पारित भएमा समितिका बर्तमान अध्यक्ष तथा सञ्चालक समिति सदस्यहरु पदमुक्त हुने छन् ।  

29-07-18

नेपाल–चीन सवारी आवतजावत अवरुद्ध, दैनिक एक करोड रुपैयाँ भन्सार राजश्व घाटा

१३ साउन/अर्थ र व्यापार– रसुवागढी राजमार्गको घट्टेखोलामा अवस्थित पक्की पुलको जगमा अविरल वर्षाले क्षति पुरयाएपछि नेपाल–चीन आवतजावत गर्ने सवारीसाधनलाई रोक लगाइएको छ । गत शुक्रबारको अविरल वर्षाले घट्टेखोलामा पानीको बहाव बेजोडसँग बढेपछि दक्षिणतर्फको पुलको जग क्षति पुर्याएको स्थानीयवासीले बताए ।  

28-07-18

२ वाइड बडि जहाज भित्र्याएकोमा नाट्टाको स्वागत 

नेपाल एयरलाइन्स कर्पोरेशनले अन्तराष्ट्रिय हवाई उड्डयनको क्षेत्रमा आप्mनो उपस्थितिलाई सबल र प्रभावकारी बनाउन झण्डै एक महिनाको अवधिमा एयरबस

27-07-18

५ अर्ब भ्रष्टचार अभियोगमाथिको छानविन सामना गर्न तयार छु : मलेसियाली पूर्वउपप्रधानमन्त्री 

८ साउन/अर्थ र व्यापार– मलेसियाका पूर्व उपप्रधानमन्त्री डा. अहमद जाहिद हमिदीले नेपाली कामदारहरूमाथी मलेसिया जानेक्रममा भएको भ्रष्टाचारको अभियोगमा आफु र आफ्नो परिवारको कुनै संलग्नता नभएको बताएका छन् ।   पूर्व उपप्रधानमन्त्री हमिदीले ‘आफूमाथि लागेको आरोपलाई झुटो साबित गर्न वा यस घटनामा मैले कुनै पनि शक्तिको दुरुपयोग गरेको वा परिवारको कुनै पनि सदस्यको यसमा संलग्नता छैन भन्ने प्रमाणित गर्न वा म त्यसमा सामेल छैन भन्ने प्रमाणित गर्नका लागि पनि मलेसियाको एन्टि करप्सन कमिसन (एमएसीसी)को अनुसन्धानको सामना गर्न तयार रहेको पनि बताएका छन् ।

24-07-18

घरजग्गाको कारोबारबाट ३० अर्ब ६७ करोड रुपैयाँ राजस्व संकलन     

८साउन/अर्थ र व्यापार– गत आर्थिक वर्ष २०७४–७५ मा घरजग्गा कारोबारबाट ३० अर्ब ६७ करोड रुपैयाँ कुल राजस्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्ष २०७३–७४ को तुलनामा यस आर्थिक बर्षमा ४ अर्र्ब रुपैयाँ बढी राजश्व संकलन भएको हो । अघिल्लो आर्थिक वर्षमा २६ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो । 

24-07-18

रिलायन्स सुगर मिल्समा भिषण आगलागी, आगो नियन्त्रणमा बाहिर 

७ साउन/अर्थ र व्यापार– बाराको श्रीपुर मनहर्वामा रहेको रिलायन्स सुगर एण्ड केमिकल्स प्रालिमा दिउँसो पौने १२ बजे आगलागी भएको बारा प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन । आगो नियन्त्रणको लागि प्रयास भइरहेको बाराका प्रहरी नायब उपरिक्षक रञ्जीतसिंह राठौरले बताए ।

23-07-18

औपचारिक आव्हान गर्नुअघिनै निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणका लागि अन्तर्रा्ष्ट्रिय कम्पनी ईच्छुक

६ साउन/अर्थ र व्यापार– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मोडालिटी टुंगो लगाई निर्माणको औपचारिक आव्हान गर्नुअघिनै निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणका लागि अन्तर्रा्ष्ट्रिय कम्पनी ईच्छुक देखिएका छन् । निर्माण मोडालिटी टुंगो लगाउनुअघि नै निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा विमानस्थल बनाउन अन्तर्रा्ष्ट्रिय कम्पनी ईच्छुक देखिएका हुन् ।

22-07-18

जेठ २ गतेभन्दा अघि भिसा लागेका झण्डै साढे ४ सय जनालाई मलेशिया जाने बाटोे खुल्यो 

६ साउन/अर्थ र व्यापार– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रेश विज्ञप्ती जारी गर्दै गत जेठ २ गतेभन्दा अघि भिसा प्राप्त गरी अन्तिम श्रम स्वीकृतिको प्रक्रियामा रहेका करिब साढे ४ सय जना नेपालीलाई मलेशिया जान सक्ने बताएको छ । श्रम मन्त्रालयले जेठ २ गते एकपक्षीय रुपमा खडा गरिएका ३९ स्वास्थ्य संस्थाहरुको सिन्डिकेट अन्त्य गरी मापदण्ड पूरा गरी मन्त्रालयमा सूचीकृत भएका स्वास्थ्य संस्थाहरुबाट स्वास्थ्य परीक्षण गर्न पाउने व्यवस्था मिलाउने निर्णय गरेको थियो । त्यसयता मलेशिया जान नेपाली कामदारलाई रोक लगाइएको थियो ।

22-07-18

उपत्यकाका निर्माणाधिन सडक पुरा हुन अझै एक बर्ष लाग्ने

६ साउन/अर्थ र व्यापार– धुलो र हिलाले सास्ती खेप्दै आएका उपत्यकाबासीलाई यसबाट छुटकारा पाउन अझै एक बर्ष कुर्नुपर्ने भएको छ । उपत्यकाका निर्माणाधिन सडकको म्याद सरकारले एक वर्ष थपिदिएपछि अरु थप १ बर्ष उपत्यकाबासीले सास्ती खेप्न पर्न भएको हो । सर्वोच्च अदालतले उचित मुआब्जा दिएर मात्रै सडक विस्तार गर्न आदेश दिएपछि म्याद थपिएको इन्जिनियर  विश्वविजयलाल श्रेष्ठले जानकारी दिए ।

22-07-18

सगरमाथाको उचाइ मापन २०१९ भित्र सक्ने, ७५ प्रतिशत ‘लेभलिङ’को काम सकियो 

४ साउन/अर्थ र व्यापार– विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन २०१९ भित्र सक्ने लक्ष्यका साथ मापन गरिरहेको नापी टोलीले सिरहाको मदारदेखि सोलुखुम्बुको पतालेसम्म ‘लेभलिङ’को ७५ प्रतिशत काम सम्पन्न गरेको छ ।   सरकारले चालु आर्थिक वर्षमा मापन कार्यका लागि  १५ करोड रुपैया विनियोजित गरेको छ । 

20-07-18

महानगरपालिकाले फोहर व्यवस्थापन गर्न सकेन, विभिन्न रोगको संक्रमण बढ्ने खतरा

४ साउन/अर्थ र व्यापार– महानगरपालिकाले साता दिन देखी सडकमा थुप्रिएको फोहर नउठाउ‘दा राजधानी शहर काठमाडौं दुर्गन्धमा परिणत भएको छ । महानगरपालिकाले डम्पिङ साइट सिसडोल भरिएको वर्षाले सडक अवरुद्ध भएपछि साता दिनदेखि फोहोर नउठाएको हो ।  महानगरपालिकाले फोहर व्यवस्थापन गर्न नसक्दा शहरका विभिन्न चोक तथा बजार दुर्ग्न्धित बन्दै गएको र रोगको संक्रमण बढ्ने देखिएकोे छ ।  

20-07-18

डलर हालसम्मकै महँगो, मूल्य बृद्धिसंगै व्यापार घाटाको जोखिम

४ साउन/अर्थ र व्यापार– नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि डलरको बिक्रीदर मूल्य ११० रुपैयाँ ७८ पैसा तोकेको छ । यो हालसम्मकै उच्च हो ।यसअघि बिहीबार ११० रुपैयाँ ६२ पैसासम्म पुगेको थियो । खरिददर मूल्य ११० रुपैयाँ १८ पैसा कायम भएको छ । कच्चा तेलको मूल्य बढ्दै जाँदा भारतीय रुपैयाँसँगै नेपाली मुद्रा कमजोर बनेको हो । भारतीय मुद्रा कमजोर हुँदा डलर महँगिएर नेपाली रुपैयाँ सबैभन्दा सस्तो स्तरमा झरेको हो। नेपाली रुपैयाँ र भारतीय मुद्राबीच स्थितर बिनिमय दर छ ।

20-07-18

सर्टिफिकेट धितोमा ऋण असोजबाट मात्रै

 ४ साउन/अर्थ र व्यापार– शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण चाँडोमा असोजबाट मात्रै पाइने भएको छ । अर्थमन्त्रालयले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने व्यवस्थाका लागि कार्यविधि बनाइरहेको छ । यो कार्यविधि भदौंसम्ममा बन्ने मन्त्रालयले जनाएको छ। दुई महिनामा कार्य्विधि तयार गरी यी कार्यक्रम आर्थिक वर्षको तेस्रो महिनादेखि कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको योजना छ ।

20-07-18

डा. केसीको समर्थनमा भोलि देशभरका स्वास्थ्य संस्थाहरु बन्द हुने    

१ साउन/अर्थ र व्यापार– डा. गोविन्द केसीको समर्थनमा भोलि बिहीबार देशभरका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द हुने भएको छ । देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आवाज सरकारसम्म पुर्याउन र सरकारलाई संवेदनशील हनको लागि १ दिन बन्द गर्न लागिएको चिकित्सक संघले जारी गरेको विज्ञप्तिमा  उल्लेख छ ।

18-07-18

उद्योगमा दोब्बर, उर्जामा तेब्बर लगानी भित्रियो, सुचना तथा सेवामा घट्यो  

१ साउन/अर्थ र व्यापार– अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा भन्दा आर्थिक वर्ष २०७४/७५ मा दोब्बर बढी लगानी भित्रिएको छ । आर्थिक वर्ष २०७४/७५ को अन्त्यमा ३ खर्ब ५० अर्ब ५९ करोड रुपैयाँ बराबरका उद्योग विभागमा दर्ता भएको उद्योग विभागले जनाएको छ । आर्थिक वर्ष २०७३/७४ को अन्त्यमा एक खर्ब ६३ अर्ब १७ करोड रुपैयाँ बराबरका उद्योग विभागमा दर्ता भएका थिए । 

17-07-18

राजदूत नियुक्तिमा निर्देशिका लागू, अब प्रधानमन्त्रीले राजदुतलाई सपथ खुवाउने 

१साउन/अर्थ र व्यापार– राजदूत पद रिक्त भएपछि प्रक्रिया थाल्दा नियुक्तिमा ढिलाइ हुने भएपछि सरकारले पद रिक्त हुनु तीन महिना अगाडि नै नयाँ राजदूत नियुक्तिको प्रक्रिया थाल्ने भएको छ । सरकारले राजदूत नियुक्तिको प्रक्रिया रिक्त हुनुभन्दा तीन महिना अगाडि देखि थाल्ने गरी परराष्ट्र मन्त्रालयले निर्दे्शिका तयार गरेको हो । निर्दे्शिकालाई असार २४ गतेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरिसकेको छ ।

17-07-18

सरकारले भेट्यायो ७ खर्ब ३० अर्बको राजस्व संकलनको लक्ष्य

१ साउन/अर्थ र व्यापार– विभिन्न समस्याको बावजुत सरकारले आर्थिक बर्ष ०७४/७५ मा ७ खर्ब ३० अर्बको राजस्व संकलनको लक्ष्य भेट्याएको छ । ७ खर्ब ३० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्यसहित चालु आर्थिक वर्षको बजेट ल्याइएको थियो । करका दर परिवर्तन नगरी बजेट ल्याइएकाले अघिल्लो वर्ष विस्तारित आधारभित्रै रहेर २९.३ प्रतिशत राजस्व बढाउने लक्ष्य भेट्याउन चुनौतीपूर्णनै थियो । 

17-07-18

दोस्रो खण्डको कंलकी–महारागञ्ज सडकको डिजाइनमा परिवर्तन हुने 

२९ आषाढ/अर्थ र व्यापार– कोटेश्वर–कंलकी पहिलो सडक खण्डको डिजाइनमै त्रुटी भेटिएपछि दोस्रो खण्डको कंलकी–महारागञ्ज सडक खण्डमा डिजाइननै परिवर्तन गरेर सडक विस्तार गर्ने भएको छ । चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा विस्तार गर्न लागिएको चक्रपथको कंलकी–महारागञ्ज खण्ड ८.२ किलोमिटर लामो हुने छ । यो खण्ड पनि पहिलो खण्ड जस्तै ८ लेनकै हुनेछ । चीन सरकारको छ अर्ब रुपैयाँ अनुदान सहयोगमा विस्तार गर्न लागिएको यो सडक काम सुरु गरेको चार बर्षमा सक्ने लक्ष्य लिईएको छ । 

13-07-18

बीमा समिति अब बीमा प्राधिकरण हुने, अध्यक्ष सहित सञ्चालक समिति खारेज

२९ आषाढ/अर्थ र व्यापार– अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा सम्वन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा प्रस्तुत गरेको छ ।  विधेयकमा बीमा समिति नेपाल अब बीमा प्राधिकरणमा परिणत हुने भनिएको छ । भने कर्मचारीवाहेक प्राधिकरणको सञ्चालक समितिको गठन नयाँ ऐन बमोजिम हुने उल्लेख छ । यो व्यवस्थाले वर्तमान अध्यक्ष चिरन्जीवी चापागाँई र सञ्चालक समितिका सदस्यहरु स्वत खारेज हुनेछन् ।

13-07-18

भाइचन्द्र श्रेष्ठको अध्यक्षतामा गोरखा चेम्बर अफ कमर्श गठन

२९ आषाढ/अर्थ र व्यापार– नेपाल चेम्बर अफ कमर्शले भाइचन्द्र श्रेष्ठको अध्यक्षतामा गोरखा चेम्बर अफ कमर्शको स्थापना गरेको छ । चेम्बरले देशभरका उद्योगी व्यवसायीलाई एकिकृत गरी उनीहरुको व्यवसायको प्रवर्द्धन र सम्बर्द्धन गर्ने उद्देश्य अनुरुप जिल्ला–जिल्लामा शाखा विस्तार गर्ने क्रममा गोर्खा जिल्लामा पनि विधिवत रुपमा गोर्खा चेम्बरको स्थापना गरेको हो । 

13-07-18

मौद्रिक नीतिले मूल्यवृद्धि निम्त्याउने डर, आयातकर्ताको लागत बढ्ने 

२८ आषाढ/अर्थ र व्यापार– नेपाल राष्ट्र बैंकले बुधबार मौद्रिक नीति सार्वजनिक गर्दै सामान आयातको भूक्तानीको माध्यमका रुपमा प्रतितपत्र (एलसी)लाई प्राथमिकता दिँदा त्यसले मूल्यवृद्धि हुने देखिन्छ । एलसीले विभिन्न मुलुकहरुवाट आयत गरिने आयातित् सामान तथा कच्चा पदार्थको मूल्य बढाउने भएको हो ।

12-07-18

गल्छी–रसुवागढी सडक विस्तारको २४ प्रतिशत काम सकियो, मुआब्जामा १० अर्ब चाहिने

२८ आषाढ/अर्थ र व्यापार– अन्तराष्ट्रिय राजमार्गको परिकल्पनासहित विस्तार भइरहेका  राष्ट्रिय गौरवको आयोजना ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेंसी–रसुवागढी’ २४ प्रतिशत काम सकिएको छ । ‘गल्छी–रसुवागढी’ सडकले पृथ्वी राजमार्ग्स्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी हँदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्ने छ । बयासी किलोमिटर दूरीको सडक निर्माणको काम जारी छ । 

12-07-18

नेपाल वायु सेवा निगमले दुई वर्षमा १० वटा नयाँ जहाज थप्ने

२७ आषाढ/अर्थ र व्यापार– नेपाल वायुसेवा निगमले आगामीे दुई वर्ष भित्रमा आठवटा ट्विन अटर र दुईवटा  न्यारोबडी ए ३२०–२०० नयाँ जहाज थप्ने भएको छ । खरिदको प्रक्रिया अघि बढाइसकेको प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले बताए । जहाज खरिदका लागि आवश्यक ऋण लिन निगमले संचय कोषसँग अनौपचारिक बैठक गरिसकेको उनले बताए ।

11-07-18

शैक्षिक प्रमाणपत्र धितो राखेर पाल्पाका युवाहरुले पाए ४ लाख ऋण 

२७ आषाढ/अर्थ र व्यापार– सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने व्यवस्था गरेसँगै पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकाले युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यको सुरुवात गरेको छ । गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरी प्रस्ताव मागेर कृषि तथा पशुपालनका लागि ऋण दिन सुरु गरेको हो ।

11-07-18

ओली सरकारले बर्खास्ती गरेका तिन पदाधिकारीको आज सर्वोच्चमा सुनुवाई हुँदै

२७ आषाढ/अर्थ र व्यापार– शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्ति गरेका पदाधिकारीहरुलाई ओली सरकारले बर्खास्ती गरेपछि सर्वोच्चमा परेकामध्ये तीन पदाधिकारीको रिटमाथि आज सुनुवाइ हुँदैछ । सरकारले सामूहिक निर्णयबाट निर्वाचन आचारसंहिता लागू भई वर्तमान सरकार गठन नभएसम्मका राजनीतिक नियुक्ति खारेजीको निर्णय गरेको थियो । 

11-07-18

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.