logo

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य २ रुपैयाँले घटाएको छ

03-12-18

 सिद्धि पोलि प्याथल्याबमा सिटिजन्स बैंकका ग्राहकलाई बिशेष छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र डिल्लिबजार, चारखाल स्थित सिद्धि पोलि प्याथल्याब प्रालि बीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ

03-12-18

५ लाख ३१ हजार नगदसहित १३ जुवाडे पक्राउ

प्रहरीले काठमाडौंको जोरपाटी नयाँबस्तीबाट ५ लाख ३१ हजार नगदसहित १३ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय बौद्धका प्रहरी नायब उपरीक्षक

02-12-18

पूर्वाधार बिकास बैंकमा ज्ञवाली नियुक्त हुँदै

 सरकारको दश प्रतिशत शेयरसहित निजी क्षेत्रबाट ९० प्रतिशत लगानी जुटाउने गरी दर्ता भएको पूर्वाधार विकास बैंकको प्रमुख कार्यकारीमा अनिल ज्ञवाली नियुक्त हुने भएका छन् ।  आज साँझ बस्ने सञ्चालक समिति बैठकले ज्ञवालीलाई प्रमुख

02-12-18

६० दिनमा मेलम्चीको पानी आउने खानेपानी सचिवको ठोकुवा

खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले ६० दिनमा मेलम्चीको पानी काठमाडौंमा आइपुग्ने दावी गरेका छन् । आइतबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा

02-12-18

कैलाश यात्रा संचालक संघको अध्यक्षमा पोखरेल सर्वसम्मत,उपाध्यक्षमा दाहाल विजयी

कैलाश यात्रा संचालक संघ, नेपालको शुक्रवार भएको साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । संघको अध्यक्षमा नारायण पोखरेल सर्वसम्मत चयन भए । त्यसैगरि प्रथम उपाध्यक्षमा लिलावल्दव दाहाल

30-11-18

टानद्वारा वार्तावाट समस्या समाधानका लागी मजदुर संगठनप्रति अपिल

ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) मा पर्यटन क्षेत्रका विभिन्न मजदुर संगठनहरुले आफ्ना माग पुरा गराउनको लागी मिति २०७५ साल मंसिर १० गते सोमबार देखि तालाबन्दी गरेकोमा टानले

28-11-18

व्यवसायी र सरकारबीचको सम्बन्ध सरकार र प्रतिपक्षको जस्तो : उद्योगमन्त्री यादव

तेस्रो उद्योग दिवसको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले उद्योगीहरु राजा खोज्दै हिँडेको आरोप लगाएका छन् । “उद्योगी, व्यवसायी र सरकारबीच राम्रो सम्बन्ध

25-11-18

आजदेखि लाइसेन्सको आवेदन खुल्दै

दशैंअघिबाट बन्द रहेको सवारी चालक अनुमतिपत्र लाइसेन्सको आवेदन आज देखि खुल्दैछ । यातायात व्यवस्था विभागले शुक्रवार १० बजेदेखि अनलाइन फाराम खुला हुने जनाएको छ ।

22-11-18

यस्ता छन मधुमेहका लक्षण 

मधुमेह भनेको सामान्य भाषामा भन्नुपर्दा चिनी रोग हो । रगतमा चिनीको मात्रा चाहिनेभन्दा बढी भयो भने त्यसलाई हामी मधुमेह भन्छौँ । चिनीको मात्रा बढी भयो भने शरीरमा यसले विभिन्न अंगलाई असर गर्न थाल्छ ।

22-11-18

पर्यटकियस्थल ठमेलमा व्युटिफुल काठमाडौं होटल सञ्चालनमा

पर्यटकिय नगरी काठमाडौंको ठमेल कालधारामा व्युटिफुल काठमाडौं होटल सञ्चालनमा आएको छ । होटल व्यवसायमा समेत अनुभवि युवा पर्यटन व्यवसायि अञ्जन थापा (कुमार) ले होटल सञ्चालनमा ल्याएका हुन । 

01-11-18

विश्व पर्यटन दिवसको दिन ठमेलमा सडक महोत्सव हुने

ठमेल पर्यटन विकास परिषद्ले ३९ औं विश्व पर्यटन दिवसको अवसर पारेर सेप्टेम्बर २७ का दिन ठमेलमा सडक महोत्सव आयोजन गर्ने भएको छ ।“विशेषगरि ठमेल र नेपालभरी

24-09-18

विश्व पर्यटन दिवसको अवसरमा टानले हाईकिङ आयोजना गर्ने

 ३९ औं विश्व पर्यटन दिवसको अवसरमा आगामी सेप्टेम्वर २५ का दिन ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) ले ककनी देखि सुर्यचौरसम्म हाईकिङको आयोजना

22-09-18

नाट्टाद्वारा स्वयम्भु सरसफाई

नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले ३९ औं विश्व पर्यटन दिवसको अवसर पारेर शनिवार विहान मा स्वयम्भु सरसफाई गरेको छ । सरसफाईको उद्घाटन संस्कृति,पर्यटन तथा

21-09-18

टुरिजम विजनेश डाइरेक्टरी बजारमा

गन्तव्य नेपाल ग्रुपले टुरिजम विजनेश डाइरेक्टरी २०१८/ १९ प्रकाशनमा ल्याएको छ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले डाईरेक्टोरीको विमोचन गरे । 

21-09-18

यति वाईक रेस सम्पन्न

नेपालमै पहिलोपटक छ जना विदेशी नागरिकहरुले यति बाईक रेसमा सहभागिता जनाएका छन । साहसिक पर्यटनमा विश्व प्रसिद्ध नागरिक एपोलोको संयोजनमा छ

08-09-18

पर्वतीय पर्यटनलाई युनिक प्रोडक्टको रुपमा अघि बढाइने

संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रविन्द्र अधिकारीले नेपाल भ्रमण वर्ष २०२० को तयारी तिव्र ढंगले अघि बढाएको र सबै संघ–संस्थाले सहयोग गर्नुपर्ने वताएका छन ।

04-09-18

मुलुक सवल अर्थतन्त्र निर्माणको प्रथम चरणमाः अर्थमन्त्री 

१३ भदौ/अर्थ र व्यापार– अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुक सवल अर्थतन्त्र निर्माणको प्रथम चरणमा प्रवेश गरेको बताएका छन् ।  नेपाल आर्थिक पत्रकार समाज (सेजन) को १९ औं वार्षिक साधारण सभाको बुधबार काठमाडौंमा उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले मुलुकको अर्थतन्त्रबारे नकारात्मक टिकाटिप्पणी नगर्न आग्रह गरेका छन् । मन्त्री खतिवडाले मुलुकको अर्थतन्त्र खतराको विन्दुमा नरहेको उल्लेख गर्दै सवल अर्थतन्त्रको सकारात्मक पक्षलाई केही नकारात्मक सूचकले ढाक्ने प्रयास गर्न नहुने बताए । अर्थतन्त्रको सकारात्मक पक्षलाई ढाक्ने प्रयास गरे सवल अर्थतन्त्र निर्माणका लागि आवश्यक आन्तरिक, बाहृय तथा निजी क्षेत्रका लगानीकर्ताको मनोबल गिर्ने बताए ।

29-08-18

होटल सोल्टीमा बिम्स्टेक परराष्ट्रमन्त्रीस्तरीय बैठक शुरु 

१३ भदौ/अर्थ र व्यापार– बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनको तयारीको लागि र बिम्स्टेक सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीस्तरीय बैठक शुरु भएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको अध्यक्षतामा बसेको बैठकलाई सदस्य राष्ट्रका परराष्ट्र तथा बाह्य मामिला विदेशमन्त्रीले सम्बोधन गर्नेछन् । बैठक राजधानीको होटल सोल्टीमा जारी छ ।   परराष्ट्रमन्त्रालयका अनुसार बैठकमा भोलि बिहिबारदेखि सुरु हुने बिमस्टेक शिखर सम्मेलनको तयारी, तथा हिजो सम्पन्न सचिव स्तरीय बैठकको प्रतिवेदन र बिमस्टेकका महासचिवको प्रतिवेदनमाथि छलफल हुने छ ।

29-08-18

अबदेखी नापी तथा मालपोत कार्यालयका सम्पूर्ण काम अनलाईनबाटै 

१२ भदौ/अर्थ र व्यापार– भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्माकुमारी अर्यालले सेवाग्राहीको हितलाई ध्यानमा राख्दै नापी तथा मालपोत कार्यालयमा सम्पूर्ण काम अनलाईनबाटै सुरु गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएकी छन् । मन्त्री अर्यालले नापी तथा मालपोत कार्यालयमा अनलाईनबाट काम सुरु गर्न कुनै कानुनी तथा प्राविधिक जटिलता भए मन्त्रालय समाधान गर्न तयार रहेको जानकारी दिईन ।  नमूनाको रुपमा पहिलो पटक उपत्यका मालपोत तथा नापी कार्यालयमा सेवाग्राहीले अनलाइनबाट निवेदन दिन सक्ने उनले बताइन् । उनले नापी विभाग र मालपोत कार्यालय अधिकारीलाई ११ बुँदे निर्देशनसमेत दिएकी छिन् ।

28-08-18

बिहीवार र शुक्रबार स्कुल तथा कलेज बन्द हुने

१२ भदौ/अर्थ र व्यापार– काठमाडौंमा हुने चौथो विम्स्टेक शिखर सम्मेलनलाई ध्यान दिँदै गृह मन्त्रालयले बिहीवार र शुक्रवार उपत्यकाभित्रका सम्पूर्ण शैक्षिक संस्थालाई विदा दिने निर्णय गरेको छ ।  विम्स्टेक सम्मेलन अवधिभर स्कुल तथा कलेजहरु पूर्णरुपमा बन्द गर्ने गृह मन्त्रालयले निर्णय गरेको हो ।  आज गृह मन्त्रायलमा बसेको शान्ति सुरक्षा महाशाखाको बैठकले बिहीवार र शुक्रवार बिदा दिने निर्णय गरेको हो तर सार्वजनिक विदा भने हैन ।

28-08-18

शहीद परिवारलाई रोजगारी दिंदै प्रदेश सरकार

१२ भदौ/अर्थ र व्यापार– प्रदेश २ सरकारले मधेस आन्दोलनका शहीद परिवारलाई रोजगारी दिन सुरू गरेको छ ।  सरकारले मंगलबार एक कार्यक्रमका बीच तेस्रो मधेस आन्दोलनका क्रममा शहीद भएका राजीव राउतकी श्रीमती निलमदेवी राउतलाई नियुक्तिपत्र थमाएको हो ।  मुख्य न्यायाधीवक्ताको कार्यालयमा उनलाई नियुक्ति दिइएको हो । कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले निलम देवी राउतलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् ।

28-08-18

मेलम्ची खानेपानी आयोजना समयमै सम्पन्न गर्न विकास समितिको निर्देशन 

१२ भदौ/अर्थ र व्यापार– प्रतिनिधि सभाको विकास समितिले मेलम्ची खानेपानी आयोजना पूर्व निर्धारित समयमा सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।  काम सक्ने निर्धारित मिति बारम्बार परिवर्तन हुँदा सम्बन्धित निकायको विश्वसनीयता तथा कार्यसम्पादन प्रति गम्भीर प्रश्न उठेको भन्दै समितिले सरकारको ध्यानाकर्षण गराइएको हो ।  आयोजनाको हेडवर्क्स, सुरुङभित्रको फिनिशिङको काम अझै बाँकी रहेको, निर्माण व्यवसायीको सुस्त कार्यसम्पादन र कमजोर व्यवस्थापनलाई तत्काल सम्बोधन गरी पूर्वनिर्धारित समयभित्रै आयोजना सम्पन्न गरी पानी वितरणको व्यवस्थापन गर्न समितिले खानेपानी मन्त्रालयलाई निर्देशन दिएको छ । 

28-08-18

पश्चिम सेती आयोजनाः थ्री गर्जेजको अध्यक्ष सहितको वार्ता टोली नेपाल आउँदै

११ भदौ/अर्थ र व्यापार– चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन का अध्यक्ष लु चुनसहितको उच्चस्तरीय टोली आज (सोमबार) नेपाल आउँदै छ । ७ सय ५० मेगावाट क्षमताको पश्चिम सेतीबारे छलफलका लागि कम्पनीका अध्यक्ष लु चुनसहितको टोली नेपाल आउने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए ।  २०६८ मा सम्झौता गरे पनि चिनियाँ कम्पनीले विभिन्न सर्त राख्दै अहिलेसम्म आयोजना निर्माणको सुरसार गरेको छैन । थ्री गर्जेजले आयोजना निर्माणका लागि चासो नदेखाएपछि लगानी बोर्डले वार्ताका लागि बोलाएको थियो । सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत यो आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने घोषणा गरिसकेको छ । सरकारले स्वदेशी लगानीमा बनाउने भने पनि आयोजना निर्माणको लागि चिनियाँ कम्पनीलाई दिइएको सम्झौता तोडिएको छैन ।

27-08-18

बुधबारदेखि वृहत् अष्ट्रेलियन शैक्षिक मेला हुँदै

११ भदौ/अर्थ र व्यापार– ग्रेस इन्टरनेशनलको आयोजनामा आगामी बुधबारदेखि वृहत् अष्ट्रेलियन शैक्षिक मेला सञ्चालन हुने भएको छ । मेला बुटवलमा १४ गते, चितवनमा १५ गते र १७ गते काठमाडौंमा आयोजना हुने बताइएको छ ।  कक्षा १२ उत्तिर्ण गरेका ब्याचलर, मास्टर गर्न विदेश जाने योजना बनाइरहेका विद्यार्थीलाई अष्ट्रेलियाका कलेज तथा विश्वविद्यालयका प्रतिनिधि तथा ग्रेस इन्टरनेशनलका मान्यता प्राप्त अनुभवी शैक्षिक परामर्शदाताहरुद्वारा करियर काउन्सेलिङसँगै अबोर्ड स्टडीका विविध विषयमा परामर्श दिन यो शैक्षिक मेला आयोजना गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।

27-08-18

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.