logo

पूर्वाधार बिकास बैंकमा ज्ञवाली नियुक्त हुँदै

    1339   पटक पढिएको

 
१५ मंसिर/अर्थ र व्यापार -  सरकारको दश प्रतिशत शेयरसहित निजी क्षेत्रबाट ९० प्रतिशत लगानी जुटाउने गरी दर्ता भएको पूर्वाधार विकास बैंकको प्रमुख कार्यकारीमा अनिल ज्ञवाली नियुक्त हुने भएका छन् ।  आज साँझ बस्ने सञ्चालक समिति बैठकले ज्ञवालीलाई प्रमुख कार्यकारी नियुक्त गर्ने स्रोतले बतायो । उनी चार बर्षका लागि नियुक्त हुनेछन् ।  

तीन बर्षअघि ग्लोबल आइएमइ बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका ज्ञवाली कार्यकाल पूरा हुन दुई बर्ष बाँकी छँदै बाहिरिएका थिए । उनी ०७२ जेठमा ग्लोबल आइएमइ बैङ्कमा दोस्रो पटक छिरेका थिए । नबिल बैंकमा चार बर्षे कार्यकाल पूरा गरेलगत्तै उनी ग्लोबल आइएमइ गएका थिए ।  नबिलअघि पनि ज्ञवाली ग्लोबलकै प्रमुख कार्यकारी अधिकृत थिए। उनले त्यस बेला पनि चार बर्षे कार्यकाल सकिनु एक बर्ष बाँकी छँदै छाडेका थिए ।  

तत्कालिन नेपाल अरब बैंक (अहिलेको नबिल) को संस्थापक कर्मचारीका रुपमा ३३ बर्ष अगाडि बैंकिङ करियर सुरु गरेका ज्ञवाली त्यहाँ माथिल्लो व्यवस्थापनमै नियुक्त भएका थिए । उनी बैंकमा आवद्ध हुँदा अरब बैंकले सञ्चालन अनुमति समेत पाएको थिएन । अमेरिकाबाट पढेर फर्किएको केही समयभित्रै उनी बैंकमा गएका थिए ।

पूर्वाधार विकास बैंकले अहिलेसम्म सञ्चालन स्वीकृति पाएको छैन । राष्ट्र बैंकले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेर प्रकृया पूरा गर्न सुझाब दिएको थियो । यही सुझाब अनुसार ज्ञवालीलाई नियुक्त गर्न लागिएको हो । २० अर्ब रुपैयाँ चुक्ता पूँजीसहित स्थापना हुन लागेको कम्पनीले ४५ प्रतिशत रकम जम्मा गरेपछि सैद्धान्तिक स्वीकृति पाएको थियो। प्रस्तावित बैंकको सञ्चालक समिति अध्यक्षमा पूर्व मूख्य सचिव डा. विमल कोइराला छन् ।  
 
बैंकमा सरकारसहित झन्डै तीन दर्जन उद्योगी तथा व्यवसायी, सरकारी उच्च प्रशासक र नेतृत्वदायी भूमिकामा पुगेका व्यक्तिको संलग्नता छ । बैंकको अवधारणामा नेपालका व्यवसायिक घराना विशाल ग्रुप, लक्की ग्रुप, आईएमई, मुरारका ग्रुप लगायतका समूह आवद्ध भएका छन् ।  बैंकमा कर्मचारी संचय कोष, नागरिक लगानी कोषको समेत शेयर रहनेछ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।