logo

कम्पास कतारद्वारा ३० लाख प्रदान

    90   पटक पढिएको

२६ भदौ / अर्थ र व्यापार- कम्पास कतारले रसुवाको भोटेकोशीमा आएको महाविनाशकारी बाढीबाट प्रभावित नेपाली जनताका लागि ३० लाख ४४ हजार बराबर हुने २० हजार अमेरिकी डलर सहयोग गरेकोे छ । सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो ।

कम्पास कतारले नेपालमा आफ्नो साझेदार संस्था अग्रणी म्यानपावर कम्पनी भिजन एण्ड भ्यालु ओभरसीज प्रा. लि. मार्फत बिहीबार उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको छ । अर्थमन्त्री डा. वाग्लेले नेपालमा उत्पन्न विपत्तिको अवस्थामा मानवीय सेवाका लागि कम्पास कतारले प्रदान गरेको सहयोग उल्लेख स्मरणीय रहेकोे भन्दै धन्यवाद र आभार व्यक्त गरे।

कम्पास कतारले प्रभावित समुदायहरूसँग सहयोग र ऐक्यबद्धताको सानो संकेतको रूपमा उक्त रकम योगदान गर्न पाउँदा खुसी लागेको बताएको छ । सहयोग रकम हस्तान्तरणका लागि नेपाल आएका कम्पनी सञ्चालक हदम अलावीलेयस कठिन समयमा आँफुहरू नेपालको साथमा रहेकोे भन्दै बाढीबाट प्रभावित नेपाली जनतालाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले कम्पनीले प्रदान गरेको रकम बाढी प्रभावित क्षेत्रमा प्रभावितहरूको स्वास्थ, शिक्षा ,मेडिकल, तालिम, आवास जस्ता विषयमा सदुपयोग होस भन्ने चाहेको पनि उल्लेख गरे ।

विशेषगरी हस्पिटालिटी सेक्टरमा नेपालबाट जनशक्ति लैजाने उक्त कम्पनीमा हालपनि १४ सय बढी नेपालीले काम गरिरहेको अलावीले बताए । उक्त कम्पनीमा नेपाल सहित ५० देशका श्रमिकहरूले काम गरिरहेका छन् । कम्पनीमा नेपालीले गरेकोे योगदान उच्च रहेकोे पनि अलावीले उल्लेख गरे ।

सो रकम हस्तान्तरण कार्यक्रममा भिजन एण्ड भ्यालु ओभरसिजका सञ्चालक पदमराज पौडेल, म्यानपावरका कार्यकारी निर्देशक अनिल पन्थी, कम्पास कतारका रिलेसन तथा रिक्रूटमेन्ट सुपरभाइजर बिजो लगायतको उपस्थिति रहेकोे थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।