२४ चैत/अर्थ र व्यापार- नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा भिजन सेक्युरिटिज प्रा.लि.का कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिनाले एशोसियट तर्फवाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका छन् । तिमिल्सिनाले उपाध्यक्षकी उम्मेदवार ज्योत्सना श्रेष्ठको समुहबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
नेपालको पुँजी बजारको सुधारलाई अगाडी बढाउँदै मुलुकको आर्थिक विकास र समृद्धिका लागी पुँजी निर्माण गर्ने वातावरण बनाउनु आफ्नो एजेण्डा भएको तिमिल्सिनाले वताए । त्यसैगरी वित्तिय बजार र पुँजी बजारका र व्यवसायीक प्रतिष्ठानहरु विचमा सुमधुर सम्बन्ध बनाउँदै राजश्वको प्रमुख स्रोत नीजि क्षेत्र मैत्री निति निर्माणमा पहल गर्ने उनले वताए ।
“महासंघ नीजि क्षेत्रको सर्वौच्च निकाय त हुँदै हो, नीजि क्षेत्रको सरकार भनेकै महासंघ हो भन्ने स्थापित गर्नुपर्छ”–उनले भने । त्यसका लागी निजी क्षेत्रमा भएका समस्याहरुलाई महासंघले पहिचान गरि समाधान गर्न आँफुले पहल गर्ने तिमिल्सिनाले वताए ।
तिमिल्सिना भिजन पावर पाटनर्स लिमिटेडका अध्यक्ष, भेन्चर पावर प्रा.लि का निर्देशक तथा ईभेन्ट कोर्ट प्रा.लि.का अध्यक्ष समेत हुन । त्यसैगरी उनी नेपाल ईन्भेष्टर फोरमका पूर्व अध्यक्ष तथा नेशनल लाईफ ईन्सुरेन्स लिमिटेडका पूर्व सञ्चालक समेत हुन ।
तपाईको प्रतिक्रिया