logo

एआईटी र डीएलएबीच समझदारी पत्रमा हस्ताक्षर

    968   पटक पढिएको

२० चैत/अर्थ र व्यापार- थाइल्याण्डस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी एक्सटेन्सन ) र नेपालको ड्रकर लिडरसिप एकेडेमी (डीएलए) बीच नेपालको बैंकिङ तथा कर्पोरेट क्षेत्रमा नेतृत्व विकासका लागि रणनीतिक साझेदारी भएको छ । एआईटीको कार्यकारी शिक्षा इकाई ‘एआईटी एक्स्टेन्सन’ र डीएलएबीच हालै यससम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

यस सहकार्यले नेपालको संगठनात्मक नेतृत्व र वित्तीय क्षेत्रको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । समझदारी अनुसार दुवै संस्थाले संयुक्त रूपमा नेपाली वाणिज्य बैंक तथा कर्पोरेट क्षेत्रका लागि विशेष रूपमा तयार पारिएका छोटा अवधिका पाठ्यक्रम, प्रमाणीकरण कार्यक्रम र कार्यकारी प्रशिक्षणहरू सञ्चालन गर्ने डीएलएद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

हस्ताक्षर समारोहमा बोल्दै दुवै संस्थाका प्रतिनिधिहरूले बदलिँदो डिजिटल परिवेश र सुशासनका चुनौतीहरूलाई चिर्दै उत्तरदायी नेतृत्व तयार पार्न यस्ता सीमापार साझेदारी आवश्यक रहेको बताए । यो साझेदारीले नेपाली जनशक्तिलाई विश्वव्यापी विशेषज्ञता र आधुनिक नेतृत्वका सिद्धान्तहरु सम्म पहुँच पु¥याउने अपेक्षा गरिएको ड्रकर लिडरसिप एकेडेमीले जनाएको छ ।

डीएलएका अनुसार कार्यक्रमको पहिलो चरण सन् २०२६ देखि सुरु हुनेछ, जसमा नेतृत्व कार्यशाला, नीतिगत संवाद र व्यवहारिक अनुसन्धानका परियोजनाहरू समावेश हुनेछन् । यो पहलले विश्वव्यापी ज्ञान र स्थानीय आवश्यकतालाई जोड्दै नेपाललाई कार्यकारी नेतृत्व र नवप्रवर्तनको केन्द्रको रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।