२२ साउन / अर्थ र व्यापार- नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी साउन २९ गते हुने निर्वाचनमा जीवन कोईरालाले सह–कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन । उनी हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक हुन ।
विगत बीस वर्षदेखि पर्यटन तथा हवाई सेवा क्षेत्रमा सक्रिय उनले ४० भन्दा बढी देश भ्रमण गर्दै विश्वका सफल पर्यटन प्रणाली, व्यवस्थापन, प्रविधि र संस्थागत अभ्यासलाई नजिकबाट बुज्ने अवसर पाएका छन । उनले आफ्नो अन्तर्राष्ट्रिय अनुभव, व्यवसायिक ज्ञान र इमानदार कार्यशैलीलाई नाट्टाको रुपान्तरण तथा सम्पूर्ण सदस्यहरुको हितमा प्रयोग गर्ने दृढ संकल्पका साथ सह–कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको बताए ।
उनले संस्थाको पारदर्शी,उत्तरदायी र विश्वासिलो आर्थिक व्यवस्थापनमा सक्रिय भुमिका खेल्ने,पर्यटन तथा हवाई सेवा क्षेत्रका वास्तविक समस्या समाधानका लागी सशक्त पहल गर्ने, टिकेटिङ, ट्राभल ट्रेड, एयरलाईन्स र सम्बन्धित निकायविच समन्वय वढाउने लगायतका प्रतिवद्धता अगाडी सारेका छन ।
त्यसैगरी डिजिटल, आधुनिक र छरितो नाट्टा निर्माणमा जोड दिने,युवा पर्यटन व्यवसायीलाई नेतृत्व र क्षमता विकासमा अवसर सिर्जना गर्ने, अन्तर्राष्ट्रिय अनुभवलाई नेपालको पर्यटन विकासमा उपयोग गर्ने तथा संस्थाभित्र सुशासन, पारदर्शिता र जवाफदेहिता को संस्कृतिलाई बलियो बनाउने एजेण्डा प्रस्तुत गरेका छन ।
तपाईको प्रतिक्रिया