logo

सतुंगल विन्ध्यपरिसरमा चैत ५ देखि श्रीमददेवीभागवत एवं महारूद्र विराट महायज्ञ आयोजना हुने

    270   पटक पढिएको

११ फागुन/अर्थ र व्यापार- आगामी चैत ५ देखि १४ गतेसम्म चन्द्रागिरि–१०, सतुंगल विन्ध्यपरिसरमा श्रीमददेवीभागवत एवं महारूद्र विराट महायज्ञ आयोजना हुने भएको छ । नेपालको मध्यभाग पाशुपत क्षेत्र सन्निकट चन्द्रागिरी १० मा सम्पूर्ण मानव मनहरूमा आध्यात्मिक भावधारा प्रवाह गरी विश्वबन्धुत्व कायम गर्न अथक साधनारत जगदाचार्य श्री नेपाली बाबाद्वारा संकल्पित जगन्माता विन्ध्यवासिनी देवीको यन्त्रमय मन्दिरको परिकल्पना सहित स्थापना गरिएको विन्ध्यवासिनी आध्यात्मिक संघ (जगदाचार्य पीठ), विन्ध्यपरिसरमा श्रीमददेवीभागवत एवं महारुद्र विराट् महायज्ञको आयोजना गरिएको हो ।

यस विराट् महायज्ञमा पूर्वीय सभ्यताका आधार धर्मग्रन्थ वेद, उपनिषद् र पुराणहरूलाई मनन गरी सर्वव्यापी सूत्रात्मक श्रीकृष्णवचनामृतधारामयी गीताको अध्याय ३ का १० औं र ११ औं श्लोक अनुसारको “ब्रह्माले मानव र यज्ञको सँगै सृष्टि गरेका हुनाले मानवले यज्ञद्वारा देवताहरूलाई प्रसन्न बनाई निरन्तर उन्नति प्राप्त गरुन् र मनले चाहेको फल पाउन्, साथै यज्ञद्वारा खुसी बनाइएका देवताहरूले मानव जातिलाई श्रीवृद्धि गरी उन्नत बनाइरहनेछन् तथा देवता र मानव जातिले निस्वार्थ भावद्वारा पारस्परिक रूपमा परम कल्याण प्राप्त गरुन भन्ने उद्घोषलाई आधार मानेर पूर्ण शास्त्रीय विधिको अनुसरण गरी यो विराट् महायज्ञ सम्पन्न गर्ने योजना रहेको आयोजकले जनाएको छ ।

विराट् महायज्ञमा अठारै पुराणहरूमध्ये धर्म, अर्थ काम र मोक्ष चारै पुरुषार्थ प्रदान गर्ने श्रीमद्देवीभागवत पुराणको पाठ–पारायण र कथा प्रवचन गर्ने मुख्य कार्य रहेको छ भने जगतका परम कल्याणकारक आशुतोष शिवजीको पूजा गरी महारुद्र ११ आवृत्ति गरिने रूद्रीलाई ११ ले गुणन गर्दा हुने १२१ आवृत्तिको लघुरुद्री र त्यसलाई पनि ११ ले गुणन गर्दा हुने १३३१ आवृत्ति (११ वटा लघु रुद्री) सम्पन्न गर्दा महारुद्र हुने भएको र यस्तो महारुद्र गर्दा धनलक्ष्मी प्राप्त हुने सोमयागको फल प्राप्त हुने र सम्पूर्ण मन्त्र लिन अधिकारी बन्ने सबै किसिमका पापको नाश हुने भएकोले यस महारुद्रको अनुष्ठान गरिने भएको छ । साथै, देशमा उत्पन्न राजकीय उपद्रव, दुर्भिक्ष (भोकमरी), भूकम्प अतिवृष्टि अनावृष्टि शत्रुभय असाध्य महारोग शान्त भई धन सन्तान र सर्वसम्पत्ति प्रदान गर्ने शतचण्डी सहित नवार्ण मन्त्रको ९ लाख जप र हवन गरिने कार्यक्रम रहेको छ ।

श्री विन्ध्यवासिनी आध्यात्मिक संघ (जगदाचार्य पीठ) को स्थापना वि.सं. २०४१ म भएको थियो । त्यस आराध्य भूमिमा नेपाली बाबाले वि.सं. २०६१ सालमा ४ लाख गणपति सहस्रनामको पारायण पूर्वक श्री गणपति महायज्ञ, वि.सं. २०७२ मा दैवी प्रकोप शान्त गर्न ४ करोड गणेश सहस्र नामको पारायण गरी ४ लाख लड्डु हवन गर्ने कार्यजस्ता ठुला यज्ञहरू सम्पन्न गरी २८ रोपनी जग्गा जोडर संस्थाको नाममा राख्नुभएको थियो । यस स्थानमा जगन्माता विन्ध्यवासिनी देवीको श्रीयन्त्रमय मन्दिर निर्माण गर्न जगदाचार्य नेपाली बाबाले लिनुभएको संकल्प अनुसारको कार्य अगाडि बढिरहेको सन्दर्भमा यस विराट महायज्ञको आयोजना गरिएको आयेजकले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।