१२ भदौ/अर्थ र व्यापार– प्रदेश २ सरकारले मधेस आन्दोलनका शहीद परिवारलाई रोजगारी दिन सुरू गरेको छ ।
सरकारले मंगलबार एक कार्यक्रमका बीच तेस्रो मधेस आन्दोलनका क्रममा शहीद भएका राजीव राउतकी श्रीमती निलमदेवी राउतलाई नियुक्तिपत्र थमाएको हो ।
मुख्य न्यायाधीवक्ताको कार्यालयमा उनलाई नियुक्ति दिइएको हो । कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले निलम देवी राउतलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् ।
नियुक्ति पत्र हस्तान्तरण समारोहमा मुख्यमन्त्री राउतले प्रत्येक शहीद परिवारलाई योग्यता र क्षमताको आधारमा रोजगारी दिने बताए ।
यसअघि सोही कार्यालयमा अर्को शहीद राम विवेक यादवकी श्रीमती अनिला यादवलाई समेत रोजगारी दिइएको थियो ।
तपाईको प्रतिक्रिया