१४ मंसिर / अर्थ र व्यापार- कैलाश यात्रा संचालक संघ, नेपालको शुक्रवार भएको साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । संघको अध्यक्षमा नारायण पोखरेल सर्वसम्मत चयन भए । त्यसैगरि प्रथम उपाध्यक्षमा लिलावल्दव दाहाल (काका) निर्वाचित भए । प्रथम उपाध्यक्ष पदमा भएको निर्वाचनमा दाहालले अमृत अधिकारीलाई हराएका हुन ।
त्यसैगरि द्धितीय उपाध्यक्ष पदमा गौतम वज्राचार्य सर्वसम्मत निर्वाचित भए । त्यसैगरि महासचिव पदमा ईश्वर खड्कालाई हराएर कृष्ण ढकाल निर्वाचित भए । त्यसैगरी सर्वसम्मत रुपमा कोषाध्यक्षमा घनश्याम घिमिरे र सदस्यहरुमा विवेक देवकोटा,राजन श्रेष्ठ,हिरा धमला र दिनेश पाण्डे चयन भएका छन ।
तपाईको प्रतिक्रिया