logo

बिहीवार र शुक्रबार स्कुल तथा कलेज बन्द हुने

    1411   पटक पढिएको

१२ भदौ/अर्थ र व्यापार– काठमाडौंमा हुने चौथो विम्स्टेक शिखर सम्मेलनलाई ध्यान दिँदै गृह मन्त्रालयले बिहीवार र शुक्रवार उपत्यकाभित्रका सम्पूर्ण शैक्षिक संस्थालाई विदा दिने निर्णय गरेको छ । 

विम्स्टेक सम्मेलन अवधिभर स्कुल तथा कलेजहरु पूर्णरुपमा बन्द गर्ने गृह मन्त्रालयले निर्णय गरेको हो । 
आज गृह मन्त्रायलमा बसेको शान्ति सुरक्षा महाशाखाको बैठकले बिहीवार र शुक्रवार बिदा दिने निर्णय गरेको हो तर सार्वजनिक विदा भने हैन ।

यस अघिनै सरकारले बुधवारदेखि तीन दिनसम्म सार्वजनिक तथा निजी सवारी जोर विजोर नम्बरअनुसार संचालन गर्ने निर्णयसमेत गरिसकेको छ । राति १० बजेदेखि बिहान ६ बजेसम्म भने यातायातलाई कुनै मापदण्ड तोकिएको छैन ।

अत्यावश्यक सेवा र प्रेसका लागि भने जोर विजोर नियम लागू हुनेछैन । १३ र १५ गते विजोर गाडीमात्र चल्न पाउनेछन् भने १४ गते जोर नम्बरमात्र चल्न पाउनेछन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।