८ असोज / अर्थ र व्यापार- ठमेल पर्यटन विकास परिषद्ले ३९ औं विश्व पर्यटन दिवसको अवसर पारेर सेप्टेम्बर २७ का दिन ठमेलमा सडक महोत्सव आयोजन गर्ने भएको छ ।“विशेषगरि ठमेल र नेपालभरी नै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सडक महोत्सव आयोजना गरिएको हो”–परिषद्का महासचिव भवि शर्माले वताए ।
महोत्सवमा १० वटा सांस्कृतिक झाँकि,डिजे सेसन तथा फुड फेस्टिवल आयोजना हुने परिषद्का अध्यक्ष समिर गुरुङले वताए । कार्यक्रम दिउँसो ४ वजेवाट ८ः३० सम्म आयोजना हुनेछ । महोत्सव वारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महोत्सवको उद्घाटन पर्यटन मन्त्री रविन्द्र अधिकारीले गर्ने जानकारी दिईयो ।
तपाईको प्रतिक्रिया