११ भदौ/अर्थ र व्यापार– आउदो विहिवार भदौ १४ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल विहान ८ बजेदेखि साढे १० सम्म बन्द हुने भएको छ ।
बिमस्टेक शिखर सम्मेलनमा भाग लिन आउने विभिन्न राष्ट्रका प्रमुख तथा प्रतिनिधि (भीभीआईपी)को आगमनको सुरक्षालाई ध्यानमा राखेर विमानस्थल बन्द गर्ने निर्णय भएको हो ।
विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले भीभीआईपीहरुको आगमन हुने भएकाले नियमित उडान रोक्न लागिएको जानकारी दिए । विहान ८ बजेदेखि साढे १० सम्मसर्वसाधारणले विमानस्थलमा प्रवेश पाउने छैनन् ।
विमानस्थलका प्रमुख क्षेत्रीले अहिले दैनिक २१ घण्टासम्म विमानस्थल खुल्ने भएपनि १४ र १५ गते भने त्रिभुवन विमानस्थल २४ घण्टा नै खुला राखिने जानाकारी दिए ।
कुनैपनि उडान अवतरण प्रभावित नहोस् भनेर २४ घण्टा नै सेवा खुला गर्न लागिएको उनले बताए ।
तपाईको प्रतिक्रिया