७ मंसिर / अर्थ र व्यापार- मधुमेह भनेको सामान्य भाषामा भन्नुपर्दा चिनी रोग हो । रगतमा चिनीको मात्रा चाहिनेभन्दा बढी भयो भने त्यसलाई हामी मधुमेह भन्छौँ । चिनीको मात्रा बढी भयो भने शरीरमा यसले विभिन्न अंगलाई असर गर्न थाल्छ । अहिले हाम्रो जीवनशैली एकदम परिवर्तित भएको छ । मानिसहरु तनावपूर्ण जीवन बाँचिरहेका छन् । खानपिनमा ध्यान कम पुगेको देखिन्छ ।
आफ्नो घरमा बनाएको खानाभन्दा पनि बजारमा पाइने प्रशोधित खानाप्रति मानिसहरुको रुचि बढेको देखिन्छ । चिल्लो, क्यालोरीयुक्त खाना खाइरहेका हुन्छौँ । समयमा खाँदैनौं । व्यायाम कम भएको छ । आफ्नो शरीर परीक्षण गर्ने बानी पनि छैन । टेबुलवर्क धेरै भएको छ । मानिस शारीरिक रुपमा अहिले एक्टिभ छैन । त्यसैले रोग संसारभरि नै बढ्दै गइरहेको छ ।
मधुमेहका लक्षणहरु :
थकाई लाग्ने
आलस्य हुने
जाँगर नचल्ने
पिसाब लाग्ने
मुख सुख्खा हुने
खाना बढी रुचि हुने
खुट्टा पोल्ने
खुट्टा झमझमाउने
आँखा धमिलो हुने
कुनै पनि घाउ निको हुन गाह्रो हुने
पिसाब फेरेको ठाउँमा कमिला लाग्ने आदि ।
तपाईको प्रतिक्रिया