सरकारले हालैमात्र विवादस्पद एशिया प्यासिफिक समिट आयोजकबाट प्राप्त गरेको एक लाख डलरको सुशासन अवार्डमा त्यतिनै रकम थप गरेर युवा र बालबालिकाको
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य २ रुपैयाँले घटाएको छ
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र डिल्लिबजार, चारखाल स्थित सिद्धि पोलि प्याथल्याब प्रालि बीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ
प्रहरीले काठमाडौंको जोरपाटी नयाँबस्तीबाट ५ लाख ३१ हजार नगदसहित १३ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय बौद्धका प्रहरी नायब उपरीक्षक
सरकारको दश प्रतिशत शेयरसहित निजी क्षेत्रबाट ९० प्रतिशत लगानी जुटाउने गरी दर्ता भएको पूर्वाधार विकास बैंकको प्रमुख कार्यकारीमा अनिल ज्ञवाली नियुक्त हुने भएका छन् । आज साँझ बस्ने सञ्चालक समिति बैठकले ज्ञवालीलाई प्रमुख
खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले ६० दिनमा मेलम्चीको पानी काठमाडौंमा आइपुग्ने दावी गरेका छन् । आइतबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा
कैलाश यात्रा संचालक संघ, नेपालको शुक्रवार भएको साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । संघको अध्यक्षमा नारायण पोखरेल सर्वसम्मत चयन भए । त्यसैगरि प्रथम उपाध्यक्षमा लिलावल्दव दाहाल
ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) मा पर्यटन क्षेत्रका विभिन्न मजदुर संगठनहरुले आफ्ना माग पुरा गराउनको लागी मिति २०७५ साल मंसिर १० गते सोमबार देखि तालाबन्दी गरेकोमा टानले
तेस्रो उद्योग दिवसको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले उद्योगीहरु राजा खोज्दै हिँडेको आरोप लगाएका छन् । “उद्योगी, व्यवसायी र सरकारबीच राम्रो सम्बन्ध
दशैंअघिबाट बन्द रहेको सवारी चालक अनुमतिपत्र लाइसेन्सको आवेदन आज देखि खुल्दैछ । यातायात व्यवस्था विभागले शुक्रवार १० बजेदेखि अनलाइन फाराम खुला हुने जनाएको छ ।
मधुमेह भनेको सामान्य भाषामा भन्नुपर्दा चिनी रोग हो । रगतमा चिनीको मात्रा चाहिनेभन्दा बढी भयो भने त्यसलाई हामी मधुमेह भन्छौँ । चिनीको मात्रा बढी भयो भने शरीरमा यसले विभिन्न अंगलाई असर गर्न थाल्छ ।
पर्यटकिय नगरी काठमाडौंको ठमेल कालधारामा व्युटिफुल काठमाडौं होटल सञ्चालनमा आएको छ । होटल व्यवसायमा समेत अनुभवि युवा पर्यटन व्यवसायि अञ्जन थापा (कुमार) ले होटल सञ्चालनमा ल्याएका हुन ।
ठमेल पर्यटन विकास परिषद्ले ३९ औं विश्व पर्यटन दिवसको अवसर पारेर सेप्टेम्बर २७ का दिन ठमेलमा सडक महोत्सव आयोजन गर्ने भएको छ ।“विशेषगरि ठमेल र नेपालभरी
३९ औं विश्व पर्यटन दिवसको अवसरमा आगामी सेप्टेम्वर २५ का दिन ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) ले ककनी देखि सुर्यचौरसम्म हाईकिङको आयोजना
नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले ३९ औं विश्व पर्यटन दिवसको अवसर पारेर शनिवार विहान मा स्वयम्भु सरसफाई गरेको छ । सरसफाईको उद्घाटन संस्कृति,पर्यटन तथा
गन्तव्य नेपाल ग्रुपले टुरिजम विजनेश डाइरेक्टरी २०१८/ १९ प्रकाशनमा ल्याएको छ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले डाईरेक्टोरीको विमोचन गरे ।
नेपालमै पहिलोपटक छ जना विदेशी नागरिकहरुले यति बाईक रेसमा सहभागिता जनाएका छन । साहसिक पर्यटनमा विश्व प्रसिद्ध नागरिक एपोलोको संयोजनमा छ
संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रविन्द्र अधिकारीले नेपाल भ्रमण वर्ष २०२० को तयारी तिव्र ढंगले अघि बढाएको र सबै संघ–संस्थाले सहयोग गर्नुपर्ने वताएका छन ।
१३ भदौ/अर्थ र व्यापार– अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुक सवल अर्थतन्त्र निर्माणको प्रथम चरणमा प्रवेश गरेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को १९ औं वार्षिक साधारण सभाको बुधबार काठमाडौंमा उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले मुलुकको अर्थतन्त्रबारे नकारात्मक टिकाटिप्पणी नगर्न आग्रह गरेका छन् । मन्त्री खतिवडाले मुलुकको अर्थतन्त्र खतराको विन्दुमा नरहेको उल्लेख गर्दै सवल अर्थतन्त्रको सकारात्मक पक्षलाई केही नकारात्मक सूचकले ढाक्ने प्रयास गर्न नहुने बताए । अर्थतन्त्रको सकारात्मक पक्षलाई ढाक्ने प्रयास गरे सवल अर्थतन्त्र निर्माणका लागि आवश्यक आन्तरिक, बाहृय तथा निजी क्षेत्रका लगानीकर्ताको मनोबल गिर्ने बताए ।
१३ भदौ/अर्थ र व्यापार– बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनको तयारीको लागि र बिम्स्टेक सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीस्तरीय बैठक शुरु भएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको अध्यक्षतामा बसेको बैठकलाई सदस्य राष्ट्रका परराष्ट्र तथा बाह्य मामिला विदेशमन्त्रीले सम्बोधन गर्नेछन् । बैठक राजधानीको होटल सोल्टीमा जारी छ । परराष्ट्रमन्त्रालयका अनुसार बैठकमा भोलि बिहिबारदेखि सुरु हुने बिमस्टेक शिखर सम्मेलनको तयारी, तथा हिजो सम्पन्न सचिव स्तरीय बैठकको प्रतिवेदन र बिमस्टेकका महासचिवको प्रतिवेदनमाथि छलफल हुने छ ।
१२ भदौ/अर्थ र व्यापार– भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्माकुमारी अर्यालले सेवाग्राहीको हितलाई ध्यानमा राख्दै नापी तथा मालपोत कार्यालयमा सम्पूर्ण काम अनलाईनबाटै सुरु गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएकी छन् । मन्त्री अर्यालले नापी तथा मालपोत कार्यालयमा अनलाईनबाट काम सुरु गर्न कुनै कानुनी तथा प्राविधिक जटिलता भए मन्त्रालय समाधान गर्न तयार रहेको जानकारी दिईन । नमूनाको रुपमा पहिलो पटक उपत्यका मालपोत तथा नापी कार्यालयमा सेवाग्राहीले अनलाइनबाट निवेदन दिन सक्ने उनले बताइन् । उनले नापी विभाग र मालपोत कार्यालय अधिकारीलाई ११ बुँदे निर्देशनसमेत दिएकी छिन् ।
१२ भदौ/अर्थ र व्यापार– काठमाडौंमा हुने चौथो विम्स्टेक शिखर सम्मेलनलाई ध्यान दिँदै गृह मन्त्रालयले बिहीवार र शुक्रवार उपत्यकाभित्रका सम्पूर्ण शैक्षिक संस्थालाई विदा दिने निर्णय गरेको छ । विम्स्टेक सम्मेलन अवधिभर स्कुल तथा कलेजहरु पूर्णरुपमा बन्द गर्ने गृह मन्त्रालयले निर्णय गरेको हो । आज गृह मन्त्रायलमा बसेको शान्ति सुरक्षा महाशाखाको बैठकले बिहीवार र शुक्रवार बिदा दिने निर्णय गरेको हो तर सार्वजनिक विदा भने हैन ।
१२ भदौ/अर्थ र व्यापार– प्रदेश २ सरकारले मधेस आन्दोलनका शहीद परिवारलाई रोजगारी दिन सुरू गरेको छ । सरकारले मंगलबार एक कार्यक्रमका बीच तेस्रो मधेस आन्दोलनका क्रममा शहीद भएका राजीव राउतकी श्रीमती निलमदेवी राउतलाई नियुक्तिपत्र थमाएको हो । मुख्य न्यायाधीवक्ताको कार्यालयमा उनलाई नियुक्ति दिइएको हो । कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले निलम देवी राउतलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् ।
१२ भदौ/अर्थ र व्यापार– प्रतिनिधि सभाको विकास समितिले मेलम्ची खानेपानी आयोजना पूर्व निर्धारित समयमा सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । काम सक्ने निर्धारित मिति बारम्बार परिवर्तन हुँदा सम्बन्धित निकायको विश्वसनीयता तथा कार्यसम्पादन प्रति गम्भीर प्रश्न उठेको भन्दै समितिले सरकारको ध्यानाकर्षण गराइएको हो । आयोजनाको हेडवर्क्स, सुरुङभित्रको फिनिशिङको काम अझै बाँकी रहेको, निर्माण व्यवसायीको सुस्त कार्यसम्पादन र कमजोर व्यवस्थापनलाई तत्काल सम्बोधन गरी पूर्वनिर्धारित समयभित्रै आयोजना सम्पन्न गरी पानी वितरणको व्यवस्थापन गर्न समितिले खानेपानी मन्त्रालयलाई निर्देशन दिएको छ ।
११ भदौ/अर्थ र व्यापार– चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन का अध्यक्ष लु चुनसहितको उच्चस्तरीय टोली आज (सोमबार) नेपाल आउँदै छ । ७ सय ५० मेगावाट क्षमताको पश्चिम सेतीबारे छलफलका लागि कम्पनीका अध्यक्ष लु चुनसहितको टोली नेपाल आउने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए । २०६८ मा सम्झौता गरे पनि चिनियाँ कम्पनीले विभिन्न सर्त राख्दै अहिलेसम्म आयोजना निर्माणको सुरसार गरेको छैन । थ्री गर्जेजले आयोजना निर्माणका लागि चासो नदेखाएपछि लगानी बोर्डले वार्ताका लागि बोलाएको थियो । सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत यो आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने घोषणा गरिसकेको छ । सरकारले स्वदेशी लगानीमा बनाउने भने पनि आयोजना निर्माणको लागि चिनियाँ कम्पनीलाई दिइएको सम्झौता तोडिएको छैन ।