logo

सडक निर्माणको ठेक्का समयमै सम्पन्न नगर्नेलाई जरिवाना

    1950   पटक पढिएको

१ पुस /अर्थ र व्यापार  - सडक निर्माणको ठेक्का लिएर समयमै काम नगर्ने ठेकेदारहरुलाई सरकारले पैसा तिराउन थालेको छ । साइड क्लियर भएको स्थानमा पनि ठेकेदारको लापरवाहीले समयमै काम हुन नसकेको ठाउँमा सरकारले यस्तो कारबाही गर्न लागेको हो ।

साइड क्लियर भएका र अन्य समस्या नभएका स्थानमा ठेकेदारको कारणले मात्रै आयोजना निर्माणमा ढिलाइ भएको देखिएपछि केही ठेकेदारलाई आर्थिक जरिवाना गरिएको सडक विभागका सुचना अधिकारी रमेश कुमार सिंहले जानकारी दिए ।विभागले दिएको जानकारी अनुसार कोहलपूर नेपालगञ्ज सडकखण्डको निर्माण कार्य तालिका अनुसार नगरेको भन्दै सरकारले ठेकेदारलाई ५ करोड रुपैयाँ जरिवाना तिराएको छ ।

यस्तै बर्दघाट त्रिवेणी सडकमा पनि ठेकेदारले समयमै काम नगरेको भन्दै १ करोड ५८ लाख, बालाजु, त्रिशुली सडकको ठेकेदारलाई १८ लाख र बुटबल बेलहिया सडकखण्डको ठेकेदारलाई ३ करोड ८७ लाख रुपैयाँ जरिवाना तिराएको छ । सडक विभाग र मातहत कार्यालयले भक्तपूर नगरकोट सडकखण्डको काम समयमै नगरेको भन्दै ठेकेदारलाई ७ लाख रुपैयाँ जरिवाना तिराइएको र दैनिक १ लाख ५० हजार रुपैयाँ जरिवाना तिराउँदै काम गराएको विभागले जानकारी दियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।