logo

सडक निर्माणको ठेक्का समयमै सम्पन्न नगर्नेलाई जरिवाना

    2081   पटक पढिएको

१ पुस /अर्थ र व्यापार  - सडक निर्माणको ठेक्का लिएर समयमै काम नगर्ने ठेकेदारहरुलाई सरकारले पैसा तिराउन थालेको छ । साइड क्लियर भएको स्थानमा पनि ठेकेदारको लापरवाहीले समयमै काम हुन नसकेको ठाउँमा सरकारले यस्तो कारबाही गर्न लागेको हो ।

साइड क्लियर भएका र अन्य समस्या नभएका स्थानमा ठेकेदारको कारणले मात्रै आयोजना निर्माणमा ढिलाइ भएको देखिएपछि केही ठेकेदारलाई आर्थिक जरिवाना गरिएको सडक विभागका सुचना अधिकारी रमेश कुमार सिंहले जानकारी दिए ।विभागले दिएको जानकारी अनुसार कोहलपूर नेपालगञ्ज सडकखण्डको निर्माण कार्य तालिका अनुसार नगरेको भन्दै सरकारले ठेकेदारलाई ५ करोड रुपैयाँ जरिवाना तिराएको छ ।

यस्तै बर्दघाट त्रिवेणी सडकमा पनि ठेकेदारले समयमै काम नगरेको भन्दै १ करोड ५८ लाख, बालाजु, त्रिशुली सडकको ठेकेदारलाई १८ लाख र बुटबल बेलहिया सडकखण्डको ठेकेदारलाई ३ करोड ८७ लाख रुपैयाँ जरिवाना तिराएको छ । सडक विभाग र मातहत कार्यालयले भक्तपूर नगरकोट सडकखण्डको काम समयमै नगरेको भन्दै ठेकेदारलाई ७ लाख रुपैयाँ जरिवाना तिराइएको र दैनिक १ लाख ५० हजार रुपैयाँ जरिवाना तिराउँदै काम गराएको विभागले जानकारी दियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।