logo

अतिरिक्त भत्ता नपाएको भन्दै संघीय संसदका कर्मचारीद्वारा आन्दोलनको घोषणा

    1186   पटक पढिएको

२६ मंसिर/ अर्थ र व्यापार - गत साउनदेखि भत्ता नपाएको भन्दै संघीय संसदका कर्मचारीले आन्दोलन घोषणा गरेका छन् । चालु आर्थिक वर्षको बजेटमार्फत अतरिक्त भत्ता कटौती गरिएपछि उनीहरुले भत्ता पाउनुपर्ने माग गर्दै पुस १ देखि असहयोग आन्दोलन गर्ने बताएका हुन् ।

संघीय संसद सचिवालय कर्मचारी युनियनका अध्यक्ष मेघराज अर्यालले पुस १ देखि कार्यालय समयबाहेक अन्य समयमा काम नगर्ने बताएका छन् । हामी पुस १ देखि १०–४ मात्र ड्युटी गर्छौं’ उनले भने ‘अतिरिक्त भत्ता नहुने हो भने विहान बेलुकाको समयमा काम गर्न सकिदैन ।’

गत वर्षसम्म संसद कर्मचारीले तलब र अतिरिक्त भत्ता पाउदै आएका थिए । चालु आर्थिक वर्षमा कटौती भएपछि उनीहरु असन्तुष्ट भएका हुन् । संसद र संसदीय समितिहरुको बैठक विहान र बेलुका अबेसम्म पनि बस्ने हुनाले उक्त समयमा काम गर्दा अतिरिक्त भत्ता पाउनुपर्ने कर्मचारीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।