logo

सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमशेर राणा प्रधानन्यायाधीशमा सिफारिस

    1991   पटक पढिएको

२७ मंसिर/ अर्थ र व्यापार – संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ ।  पटकपटक स्थगित हुँदै आएको संवैधानिक परिषदको बिहीबार बसेको बैठकले राणालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।  

परिषद सदस्यको कार्यव्यस्तताका कारण भन्दै यसअघि ५ पटक समितिको बैठक सरेको थियो । एक महिना अघि नै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्नुपर्ने भए पनि परिषद बैठक बस्न नसक्दा प्रधानन्यायाधीशको नाम सिफारिस हुन सकेको थिएन । अहिलेका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आउँदो पुष १७ गतेबाट अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ । नयाँ प्रधानन्यायधीशका लागि न्याय परिषदले चोलेन्द्रसमशेर जवरा र दिपकराज जोशीको नाम सिफारिस गरेको थियो ।

दीपकराज जोशी यस अघि नै संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएकाले परिषद्ले जबराको नाम प्रधानन्यायाधीशमा सिफारिस भएको हो । २०१४ साल मंसिर २८ गते काठमाडौंको सुकेधारामा जन्मनु भएका जबराले २०७१ सालदेखि सर्वोच्च अदालतको न्यायाधीशको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आउँदो पुस १७ गतेबाट अवकाश पाउँदै हुनुहुन्छ । संवैधानिक परिषदले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेका जबरालाई संसदीय सुनुवाइ विशेष समितिले स्वीकृत गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
 
  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।