logo

सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमशेर राणा प्रधानन्यायाधीशमा सिफारिस

    2098   पटक पढिएको

२७ मंसिर/ अर्थ र व्यापार – संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ ।  पटकपटक स्थगित हुँदै आएको संवैधानिक परिषदको बिहीबार बसेको बैठकले राणालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।  

परिषद सदस्यको कार्यव्यस्तताका कारण भन्दै यसअघि ५ पटक समितिको बैठक सरेको थियो । एक महिना अघि नै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्नुपर्ने भए पनि परिषद बैठक बस्न नसक्दा प्रधानन्यायाधीशको नाम सिफारिस हुन सकेको थिएन । अहिलेका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आउँदो पुष १७ गतेबाट अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ । नयाँ प्रधानन्यायधीशका लागि न्याय परिषदले चोलेन्द्रसमशेर जवरा र दिपकराज जोशीको नाम सिफारिस गरेको थियो ।

दीपकराज जोशी यस अघि नै संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएकाले परिषद्ले जबराको नाम प्रधानन्यायाधीशमा सिफारिस भएको हो । २०१४ साल मंसिर २८ गते काठमाडौंको सुकेधारामा जन्मनु भएका जबराले २०७१ सालदेखि सर्वोच्च अदालतको न्यायाधीशको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आउँदो पुस १७ गतेबाट अवकाश पाउँदै हुनुहुन्छ । संवैधानिक परिषदले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेका जबरालाई संसदीय सुनुवाइ विशेष समितिले स्वीकृत गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
 
  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।