logo

प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि विपक्षी दलका नेता देउवा अनुपस्थित भएपछि बैठक स्थगित

    1097   पटक पढिएको

२६ मंसिर/ अर्थ र व्यापार - प्रमुख प्रतिपक्षी दलका नेता एवम् कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी नभएपछि संवैधानिक परिषदले आज पनि प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न सकेन ।

प्रधानन्यायाधीश सिफारिस आजै गर्ने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार निवासमा बिहान परिषद बैठक बोलाएका थिए । तर, प्रमुख प्रतिपक्ष दलको नेता नै सहभागी नभएपछि बिहीबार बिहान ९ बजे बैठक बस्ने निर्णय गर्दै बैठक सकिएको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए ।

संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलको नेता पनि सदस्य हुन्छन् । यद्यपि अघिल्ला बैठकहरुमा पनि देउवा अनुपस्थित हुँदै आएका छन् । मंगलवार दुईपटक स्थगित भएको बैठक पुस ५ गते बस्ने भनिए पनि प्रधानमन्त्री ओलीले आजै टुंगो लगाउने भन्दै बिहान बोलाएका थिए । तर, राति ९ बजेमात्र त्यसबारे जानकारी आएकाले देउवा बैठकमा जान नभ्याएको उनका स्वकीय सचिव भानु देउवाले बताए ।

मंगलबारै प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी भए पनि विपक्षी दलका नेता देउवाले समय दिन नसकेपछि स्थगित भएको थियो । स्रोतका अनुसार, प्रधानमन्त्री ओली र नेता देउवाबीच अनौपचारिक सहमति बाँकी रहेकाले पनि पटकपटक बैठक स्थगित हुने गरेको छ ।

आज औपचारिक बैठकअघि ओली र देउवाबीच अनौपचारिक छलफल हुने बताइएको थियो । यसअघि दुई नेताबीच अलग्गै छलफल नभएकाले मंसिर १७ गते छलफल नभई बैठक टुंगिएको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।