logo

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको जिम्मा पाएको ठेकेदार कम्पनी सिएमसी डि रेभेन्ना वित्तीय संकटमा 

    1355   पटक पढिएको

२८ मंसिर/ अर्थ र व्यापार   - नेपालमा तीन वटा ठूला आयोजनाको ठेक्का पाएको इटालियन ठेकेदार कम्पनी सिएमसी डि रेभेन्ना वित्तीय संकटमा फस्न थालेको छ । कम्पनीको नगद प्रवाहमै संकुचन आएको छ । 

सिएमसीको केन्द्रीय कार्यालयले नोभेम्बर ९ मा सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा कम्पनी ’क्यास फ्लोको टेन्सन’ बाट गुज्रिरहेको उल्लेख छ । वित्तीय संकटमा रहेको कम्पनीले नेपालमा राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना, १४० मेगावाटको तनहुँ जलविद्युत आयोजना र निजी क्षेत्रको साहस ऊर्जाले निर्माण गर्न लागेको ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको ठेक्का पाएको छ । 
मेलम्ची खानेपानी आयोजनाका तर्फबाट सिएमसीलाई भुक्तानी गर्नुपर्ने कुनै पनि दायित्व बाँकी नरहे पनि उसैको कारण लक्ष्यअनुसार काम नभएको आयोजनासम्बद्ध स्रोतले जनाएको छ । पछिल्लो पटक खानेपानी तथा सरसफाई मन्त्रालयले माघ १६ गते भित्र मेलम्चीको पानी काठमाडौं ल्याउने जनाएको छ । प्रतिनिधिसभाको विकास समितिको बैठकमा मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले ६० दिनमा मेलम्चीको पानी काठमाडौं ल्याउने दावी गरेका थिए । 

मेलम्ची खानेपानी आयोजना एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा अघि बढिरहेको छ । मेलम्ची र सिएमसीको विवादको बीचमा एडिबी पनि फसेको थियो । एडिबी नै मुख्य ऋणदाता रहेको तनहुँमा पनि सिएमसीले नै ठेक्का पाएको छ । आयोजनाको पहिलो चरणको कामका लागि सिएमसी ठेकेदारको रुपमा छनौट भएको हो । बाँध निर्माण तथा नदी फर्काउने संरचना तयार गर्न उसले ठेक्का पाएको हो । आयोजना र सिएमसीबीच ठेक्का सम्झौता भइसके पनि ‘मोबिलाइजेसन पेस्की’ लगेको छैन । ठेक्का सम्झौतामा १८० दिन भित्रमा तयारी सकेर आयोजनाको काम सक्नुपर्ने उल्लेख छ । 

सिएमसीले सोलुखोला (दूधकोशी)को काम पनि सन्तोषजनक हिसाबले अघि बढाउन सकेको छैन । ८६ मेगावाटको आयोजनाको २०७४ जेठमा ठेक्का सम्झौता भए पनि लक्ष्यअनुसार काम नभएको हो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।