logo

नेपाल–भारत पेट्रोलियम पाइपलाइन नेपाल तर्फ २७ किलोमिटर पुरा अब ९किलोमिटर मात्र बाँकी

    1383   पटक पढिएको

२४ मंसिर /अर्थ र व्यापार
नेपाल-भारत पेट्रोलियम पाइपलाइन निर्माणको चर्चा दुई दशक भयो । दुई वर्षअघि नेपाल र भारतबीच पाइपलाइन निर्माणको सम्झौंता भएको थियो । सम्झौंता भएर दुबै देशको मन्त्रीपरिषदबाट अनुमोदन भएपछि गत मार्चमा पाइपलाइन निर्माण सुरु भयो। यो दश महिनामा नेपालतर्फको २७ किलोमिटर क्षेत्रमा पाइपलाइन विच्छाइ सकिएको छ । भारततर्फको मोतिहारीसम्मको ३३ किलोमिटरमध्ये तीन किलोमिटर मात्रै बाँकी छ । नेपालमा निर्माण भइरहेका ठूला परियोजनामध्ये पाइपलाइन परियोजना मात्रै एउटा सुपरफाष्ट परियोजना हो । यो परियोजनाको अब ९ किलोमिटर मात्रै बाँकी छ । यो ९ किलोमिटर पनि जंगल क्षेत्र रहेकोले पाइपलाइन निर्माण हुन नसकेको हो ।

नेपाल आयल निगम पेट्रोलियम पाइपलाइन परियोजनाका संयोजक भानुभक्त खनालका अनुसार जंगल क्षेत्रका कारण परियोजनाको निर्माण रोकिएको छ । वन क्षेत्रमा पाइपलाइन निर्माण गर्नुपर्ने भएकाले केही प्रकृयागत निर्णय हुन बाँकी छ । उनका अनुसार वन क्षेत्र नपरेको भए अझै चाँडै पाइपलाइन निर्माण हुन्थ्यो ।अरु परियोजना वर्षौ लाग्दा पनि पूरा नहुने तर यो परियोजनाको प्रगति कसरी उत्साहजनक भयो ? यो नेपाल( भारत दुबैको आँखामा परेको परियोजना भयो । नाकाबन्दीपछि इन्डियन आयल कर्पोरेशन(आइओसी)को नकारात्मक छबि सुधारले पनि परियोजनाले गति लिएको छ । परियोजना निर्माणका लागि निगमले पनि प्रभावकारी भूमिका खेलेको छ । 

निगम स्रोतका अनुसार वन क्षेत्रको समस्या चाँडै सल्टाउन निगमका कर्मचारी प्रत्येक दिन सक्रिय हुने गरेका छन् ।यो परियोजनालाई सुरुवातदेखिनै निगमले प्राइडको विषय बनाएर योजनावद्ध अगाडि बढाएको थियो । नेपाल र भारतबीच सम्झौंता हुनेवित्तिकै निगमले पाइपलाइन निर्माण हुने स्थानका नागरिकलाई यसको फाइदाको बारेमा जानकारी गराएको थियो ।
निगमले केयौं पटक सार्वजनिक वहस कार्यक्रम समेत गर्यो । कुनै पनि परियोजना निर्माण गर्नुअघि स्थानीयको साथ र समर्थन चाहिन्छ। यो परियोजना निर्माण गर्दा राती १२ बजेदेखि ४ बजेसम्म काम हुने गरेको छ । स्थानीयलाई कुनै अवरोध नहोस भनेर राती काम गरिएकोे छ । यो परियोजना सुरुवातमा ३ अर्ब ९५ करोडमा निर्माण सक्ने लक्ष्य राखिएको थियो ।

परियोजना पूरा भएपछि निगमलाई बिनारोकटोक  पेट्रोलियम पदार्थ आपूर्ति हुन्छ । निगमका अनुसार परियोजनापछि नेपाल भित्र्याउन ट्यांकरले खपत गर्ने इन्धनबाट प्रतिदिन २९ लाख २० हजार खर्च कटौती हुनेछ ।  त्यसैगरी निगमको ७१ करोड वार्षिक ढुवानी खर्च बचत हुन्छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।