logo

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा काफ्ले नियुक्त

    764   पटक पढिएको


२७ फागुन/अर्थ र व्यापार – सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा डा. रघुराज काफ्लेलाई नियुक्त गरेको छ । सिफारिस समितिको सुझावका आधारमा छनोटमा परेका तीन जनामध्ये तनहुँका काफ्ले कार्यकारी निर्देशक नियुक्त भएका हुन् ।
स्वास्थ्य मन्त्रालयले डा.काफ्लेसहित डा.कृष्णप्रसाद अधिकारी र कमल पन्थीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गठन गरेको बीमा सुझाव कार्यदलमा काफ्ले सदस्य थिए ।
यसअघि काफ्ले गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष तथा वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक समेत भएका थिए ।
वैदेशिक रोजगार बोर्डमा रहँदा काफ्लेले श्रमिक र आश्रित परिवारको हितमा विभिन्न कल्याणकारी कार्यक्रम सुरु गरेका थिए । राहत रकममा चारसय प्रतिशत वृद्धि तथा बीमामा शतप्रतिशत वृद्धि गर्ने निर्णय उनको नेतृत्वमा भएको थियो । यसैगरी, गम्भीर रोगकालागि श्रमिक बिमा कार्यक्रम पनि काफ्लेले नै सुरु गरेका थिए ।
यसैगरी, काफ्ले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा एकदशक बढी वरिष्ठ अधिकारीका रुपमा कार्यरत थिए । उनी विकास रणनीति निर्माणमा संलग्न थिए । अर्थशास्त्रमा विद्यावारिधि गरेका काफ्लेले लामो समय प्राध्यापनसमेत गरेका थिए ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलको गृह जिल्ला तनहुँका काफ्ले अन्य प्रतिस्पर्धीलाई पछाडी पार्दै बीमा बोर्डको कार्यकारी निर्देशक बन्न सफल भएका हुन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलको प्रस्तावमा उनी स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्त भएका हुन्।
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा कमल पन्थी, डा.कृष्णप्रसाद अधिकारी र काफ्लेको नाम सिफारिस भएको थियो । पन्थी र अधिकारीलाई पछाडि पार्दै काफ्लेले बीमा बोर्डको कार्यकारी निर्देशक बन्न सफल भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।