logo

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा काफ्ले नियुक्त

    1148   पटक पढिएको


२७ फागुन/अर्थ र व्यापार – सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा डा. रघुराज काफ्लेलाई नियुक्त गरेको छ । सिफारिस समितिको सुझावका आधारमा छनोटमा परेका तीन जनामध्ये तनहुँका काफ्ले कार्यकारी निर्देशक नियुक्त भएका हुन् ।
स्वास्थ्य मन्त्रालयले डा.काफ्लेसहित डा.कृष्णप्रसाद अधिकारी र कमल पन्थीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गठन गरेको बीमा सुझाव कार्यदलमा काफ्ले सदस्य थिए ।
यसअघि काफ्ले गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष तथा वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक समेत भएका थिए ।
वैदेशिक रोजगार बोर्डमा रहँदा काफ्लेले श्रमिक र आश्रित परिवारको हितमा विभिन्न कल्याणकारी कार्यक्रम सुरु गरेका थिए । राहत रकममा चारसय प्रतिशत वृद्धि तथा बीमामा शतप्रतिशत वृद्धि गर्ने निर्णय उनको नेतृत्वमा भएको थियो । यसैगरी, गम्भीर रोगकालागि श्रमिक बिमा कार्यक्रम पनि काफ्लेले नै सुरु गरेका थिए ।
यसैगरी, काफ्ले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा एकदशक बढी वरिष्ठ अधिकारीका रुपमा कार्यरत थिए । उनी विकास रणनीति निर्माणमा संलग्न थिए । अर्थशास्त्रमा विद्यावारिधि गरेका काफ्लेले लामो समय प्राध्यापनसमेत गरेका थिए ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलको गृह जिल्ला तनहुँका काफ्ले अन्य प्रतिस्पर्धीलाई पछाडी पार्दै बीमा बोर्डको कार्यकारी निर्देशक बन्न सफल भएका हुन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलको प्रस्तावमा उनी स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्त भएका हुन्।
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा कमल पन्थी, डा.कृष्णप्रसाद अधिकारी र काफ्लेको नाम सिफारिस भएको थियो । पन्थी र अधिकारीलाई पछाडि पार्दै काफ्लेले बीमा बोर्डको कार्यकारी निर्देशक बन्न सफल भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।