logo

‘एचएलआई लार्ज क्याप फण्ड’ को इकाइमा आवेदन दिने अन्तिम दिन आज

    617   पटक पढिएको

१९ भदौ / अर्थ र व्यापार- हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्ड अन्तर्गतको एचएलआई लार्ज क्याप फण्डको इकाई आजसम्म खरिद गर्न सकिने छ । हिमालयन लाइफ कोष प्रर्वद्धक र हिमालयन इन्भेष्टमेन्ट बैंकर योजना व्यवस्थापक रहेको यो योजना’ को ४० करोड इकाइको बिक्री आवेदन गत भदौ १५ गतेदेखि खुला भएकोमा आवेदन पेश गर्ने आज विहिवार अन्तिम दिन रहेको छ ।

यो योजनाका इकाई खरिदका लागि भदौ १८ गतेसम्मको म्याद दिइएको थियो । तर मागबमोजिम आवेदन नपरेकाले भदौ २९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । तर यसबीचमा मागभन्दा बढी संख्यामा आवेदन प्राप्त भएकाले भदौ २९ गते अगावै उक्त योजनाको निष्कासन तथा बिक्री बन्द गरिन लागेको योजना व्यवस्थापक हिमालयन इन्भेष्टमेन्ट बैंकरले जनाएको छ ।

यो योजनाको कुल निष्कासन मध्ये बीज पूँजीबापत ५० प्रतिशत अर्थात २० करोड इकाई कोष प्रर्वघक हिमालयन लाइफ इन्स्योरेन्सलाई सुरक्षित राखि बाँकी रहने २० करोड इकाई सर्वसाधारणहरुमा निष्कासन गरिएको छ ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा ४ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।