logo

तिनकुनेमा बन्दै गरेको नेटवर्क आर्क नेटवर्क ब्रिजको निर्माण अवधि सकिएको ५ महिना नाघिसक्दा ३० प्रतिशत मात्र काम सम्पन्न

    1372   पटक पढिएको

२८ मंसिर / अर्थ र व्यापार - तिनकुनेमा बन्दै गरेको नेटवर्क आर्क नेटवर्क ब्रिजको निर्माण अवधि सकिएको ५ महिना नाघिसकेको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार हालसम्म उक्त ब्रिजको निर्माणको ३० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

२१ करोड ३३ हजार रुपैयाँको लागतमा बन्न आटेको उक्त पुल निर्माणका क्रममा ६ करोड ७७ लाख ३७ हजार रुपैयाँ खर्च भइसकेको छ । उक्त पुल निर्माणको ठेक्का पुप्पु कन्स्ट्रक्सनले लिएको छ । उक्त निर्माणको ठेक्का सम्झौता २०७१ साल पुस ४ गते भएको थियो । उक्त निर्माणको अन्तिम समय २०७५ साल असार ५ गते तोकिएको थियो ।उक्त पुलको लम्बाई ८५ मिटर रहेको छ भने चौडाई १२ मिटर रहेको छ । हालसम्म उक्त पुल निर्माण नहुनुमा सो पुल नयाँ र स्पेसल डिजाइनको भएकाले त्यसको स्वीकृति प्राप्त गर्न कै लागि बढी समय लाग्नु रहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता श्र्विविजय लाल श्रेष्ठले बताए ।

उनका अनुसार निर्माण सुरु हुन नै ढिलाई भएकाले सो पुलको निर्माणमा धेरै समय लागेको हो । उनले निर्माण सुरु गर्ने बेलामा खाने पानी तथा विद्युतीय यूटिलिटिजहरुको समयमै उचित व्यवस्थापन नभएकाले पुल निर्माणमा ढिलाई भएको बताएका छन् । हाल निर्माण वयवसायी पप्पु कन्स्ट्रक्सनले म्याद थपको लागि निवेदन दिएको उनले जानकारी दिए । निर्धारित समयमा तिनकुनेको नेटवर्क आर्क ब्रिज निर्माण सम्पन्न नहुँदा ट्राफिक व्यवस्थापनमा ठूलो समस्या देखिएको छ । माइतीघर–तिनकुने सडकमा लेन अनुसारको पुल निर्माण नहुँदा अत्याधिक जाम हुने गरेको छ भने यात्रुले उस्तै सास्ती खेप्नु परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।