logo

कोटेश्वर–कलंकी खण्ड आठ लेनमा विस्तारको काम डिसेम्बर १५मा सकिने निश्चित

    1687   पटक पढिएको

२४ मंसिर/ अर्थ र व्यापार - चक्रपथको कोटेश्वर–कलंकी खण्ड आठ लेनमा विस्तारको काम आगामी शनिबारसम्म सकिने भएको छ । त्यसैदिनमा चिनियाँ ठेकेदारले सडक विभागलाई आयोजना सकिएको जानकारी गराउनेछ । 

५ वर्ष लगाएर विस्तार गरिएको चक्रपथमा अब म्याद थपेर काम गराउनुपर्ने अवस्था नरहेको सडक विभागले जनाएको छ । तर, कहिले औपचारिक रुपमा चीनले चक्रपथ हस्तान्तरण र नेपाल सरकारले उद्घाटन गर्छ भन्ने टुंगिएको छैन । सडकको विस्तारको सकिँदै गर्दा यो खण्ड निकै आधुनिक स्वरुपमा देखिएको छ ।चीन सरकारको अनुदान सहयोगमा चक्रपथको यो खण्ड विस्तार भएको हो । चक्रपथको कुल लम्बाइ २७ किलोमिटर छ । त्यसमध्ये पहिलो चरणमा १० दशमलव ३९ किलोमिटरको कोटेश्वर–कलंकी खण्ड विस्तारको काम डिसेम्बर १५मा सकिने निश्चित भएको सडक विभागका प्रवक्ता मुक्ति गौतमले जानकारी दिए ।

आयोजनाले कोटेश्वर, बागडोल र ग्वार्कोमा आकाशे पुल निर्माण गरेको छ । सरकार र चीनको सांघाई कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडबीच माघ ०७३ सम्ममा उक्त खण्डको विस्तार सक्ने सम्झौता थियो । ३ पुस ०६९ मा भएको सम्झौताअनुसार काम सम्पन्न गर्न भूकम्प र नाकाबन्दी बाधक बने । सम्झौताबमोजिम भदौ ०७० देखि मात्र विस्तार थालिएको थियो ।

चीनले सडक विस्तारका क्रममा खसीबजार, मनोहरा र बल्खुका दुई स्थानमा गरी आठ वटा पुल निर्माण गरेको छ । चक्रपथमा हुने जामलाई कम गर्नका लागि कलंकीमा अण्डर पास बनाइएको छ । यसको फिनिसिङ पनि सकिएको छ । यो खण्ड विस्तार भएपछि चक्रपथको कलंकी कोटेश्वर खण्डमा मा हुने सवारी जामको घटेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।