logo

सरकारले खर्च नगर्दा ढुकुटीमा १६४ अर्ब थुप्रियो, अर्थमन्त्री डा. खतिवडाको भनाइ र गराइ फरक 

    1351   पटक पढिएको

२६ मंसिर /अर्थ र व्यापार - अर्थमन्त्री डा. युवराज खतिवडाको भनाइ र गराइ बिरोधावासपूर्ण देखिएको छ । सार्बजनिक कार्यक्रमहरुमा खतिवडा आफू राजश्व उठाएर नाक फुलाउनेभन्दा पनि खर्च गरेर खुसी हुने अर्थमन्त्री भएको बताउँछन् । तर नतिजा भने ठिक उल्टो देखिएको छ । 

सरकारले खर्च नगर्दा ढुकुटीमा १६४ अर्ब रुपैयाँ थुप्रिएर बसेको छ । अहिले सरकारले आन्तरिक ऋण उठाएको छैन । सरकारका विकासे निकायहरुले खर्च नगर्दा राजश्व जम्मा भएको रकम कोषमा थुप्रिएको हो सोमबारसम्मको तथ्यांक अनुसार सरकारले बाणिज्य बैकहरुलाई निक्षेपका रुपमा परिचालन गर्न स्थानीय निकायको ४५ अर्ब रुपैयाँ दिइसकेको छ । सरकारले चालु आर्थिक बर्ष लागे यता २८७ अर्ब ७० करोड राजश्व संकलन गरेको छ । गैर कर राजश्व पनि २४ करोड २९ लाख रुपैयाँ उठाएको छ । खर्च नभएपछि रकम थुप्रिएको छ । ‘बैंकिङ प्रणालीमा भने लगानी योग्य पूँजी उपलब्ध हुन छाडेको छ’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ’सरकारले खर्च नगर्ने हो भने तरलता अभाव चर्किने छ।’

सरकारले यस अवधिमा जम्मा ३० अर्ब ४१ करोड रुपैयाँ मात्र विकास खर्च गर्न सकेको छ । सरकारले विकास खर्च नगर्दा बैंकिङ तरलता अभाव चर्किएको छ । बैकहरुले तरलता अभावसँग जुध्न निक्षेपको ब्याज दर निरन्तर बढाउन थालेका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।