logo

काठमाडौंमा चार्जिङ स्टेशनको अभावमा थन्किए विद्युतीय बस

    1172   पटक पढिएको

२६ मंसिर/ अर्थ र व्यापार - काठमाडौंमा अस्थायी रुपमा सञ्चालनका लागि भनेर ल्याइएका विद्युतीय बस त्यसै थन्किएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली आफैंले तामाझामका साथ उद्घाटन गरेका विद्युतीय बस साझाकै ग्यारेजमा थन्किएका छन् । यी बस एसियाली विकास बैंकले लुम्बिनी विकास कोषलाई दिएको थियो । तर, लुम्बिनीमा अन्तर्रा्ष्ट्रिय विमानस्थल बनेर सञ्चालनमा नआइन्जेलका लागि काठमाडौंमा चलाउन  साझालाई दिइएका बस चार्जिङ स्टेशनको अभावमा थन्किएका हुन् ।

काठमाडौंको सार्वजनिक यातायातमा विद्युतीय सवारीको प्रवेशका रुपमा हेरिए पनि चार्जिङ स्टेशन नै नभएपछि बस सञ्चालनमा आउन नसकेको साझा यातायातले जनाएको छ । बस उत्पादनकर्ता कम्पनी बीवाईडीले यो बसका लागि अब ३ महिनामा मात्रै नयाँ चार्जिङ स्टेशन ल्याउन सकिने बताएको छ । यसअघि नै लुम्बिनीमा चार्जिङ स्टेशन बनिसकेकाले काठमाडौंमा चार्जिङ स्टेशन बनाउन अर्को प्रक्रिया सुरु गर्नुपर्छ ।

काठमाडौंमा सुविधासम्पन्न बस गुडाउने सुरुवात साझाले नै गरेको थियो । साझा यातायात आफैंले विद्युतीय बस भित्र्याउन पहल गरिरहेको समयमा यी बसलाई परीक्षणका रुपमा हेर्न खोजिएको थियो । तर, चार्जिङ स्टेशन नै नभएपछि ५ वटै विद्युतीय बस सञ्चालनमा नआई साझामा नै थन्किएर बसेका छन् । साझा यातायातले पाँच वटा बिजुली बस सुरुमा विभिन्न रुटमा गुडाएर परीक्षण योजना बनाए पनि तत्काल त्यो सम्भव नदेखिएको साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भुषण तुलाधरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।