logo

काठमाडौंमा चार्जिङ स्टेशनको अभावमा थन्किए विद्युतीय बस

    1267   पटक पढिएको

२६ मंसिर/ अर्थ र व्यापार - काठमाडौंमा अस्थायी रुपमा सञ्चालनका लागि भनेर ल्याइएका विद्युतीय बस त्यसै थन्किएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली आफैंले तामाझामका साथ उद्घाटन गरेका विद्युतीय बस साझाकै ग्यारेजमा थन्किएका छन् । यी बस एसियाली विकास बैंकले लुम्बिनी विकास कोषलाई दिएको थियो । तर, लुम्बिनीमा अन्तर्रा्ष्ट्रिय विमानस्थल बनेर सञ्चालनमा नआइन्जेलका लागि काठमाडौंमा चलाउन  साझालाई दिइएका बस चार्जिङ स्टेशनको अभावमा थन्किएका हुन् ।

काठमाडौंको सार्वजनिक यातायातमा विद्युतीय सवारीको प्रवेशका रुपमा हेरिए पनि चार्जिङ स्टेशन नै नभएपछि बस सञ्चालनमा आउन नसकेको साझा यातायातले जनाएको छ । बस उत्पादनकर्ता कम्पनी बीवाईडीले यो बसका लागि अब ३ महिनामा मात्रै नयाँ चार्जिङ स्टेशन ल्याउन सकिने बताएको छ । यसअघि नै लुम्बिनीमा चार्जिङ स्टेशन बनिसकेकाले काठमाडौंमा चार्जिङ स्टेशन बनाउन अर्को प्रक्रिया सुरु गर्नुपर्छ ।

काठमाडौंमा सुविधासम्पन्न बस गुडाउने सुरुवात साझाले नै गरेको थियो । साझा यातायात आफैंले विद्युतीय बस भित्र्याउन पहल गरिरहेको समयमा यी बसलाई परीक्षणका रुपमा हेर्न खोजिएको थियो । तर, चार्जिङ स्टेशन नै नभएपछि ५ वटै विद्युतीय बस सञ्चालनमा नआई साझामा नै थन्किएर बसेका छन् । साझा यातायातले पाँच वटा बिजुली बस सुरुमा विभिन्न रुटमा गुडाएर परीक्षण योजना बनाए पनि तत्काल त्यो सम्भव नदेखिएको साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भुषण तुलाधरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।