logo

पूर्वमन्त्री एवं कालिका कन्स्ट्रक्सनको अध्यक्ष विक्रम पाण्डेमाथि अख्तियारले हचुवा तथा पूर्वाग्रही रूपमा मुद्दा चलाएको आरोप

    1271   पटक पढिएको

२४ मंसिर/ अर्थ र व्यापार  - निर्माण व्यवसायीहरुको राष्ट्रिय सङ्गठन नेपाल निर्माण व्यवसायी महासङ्घले पूर्वमन्त्री एवं कालिका कन्स्ट्रक्सनको अध्यक्ष विक्रम पाण्डेमाथि अख्तियारले हचुवा तथा पूर्वाग्रही रूपमा मुद्दा चलाएको आरोप लगाएको छ । महासङ्घले विज्ञप्ति प्रकाशन गर्दै प्रतिष्ठित कम्पनीको विगतको कामको अवमूल्यन गर्दै पाण्डेको सार्वजनिक छविमा आँच आउने गरी मुद्दा चलाएको आरोप लगाएको हो ।

अख्तियारले शुक्रवार पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको मूल नहर परीक्षणकै क्रममा भत्किएपछि अख्तियारले छानबिनपछि निर्माण कम्पनी र सम्बद्ध सरकारी कर्मचारीमाथि मुद्दा दर्ता गरेको हो । महासङ्घले निर्माण व्यवसायीमाथि फौजदारी कानुन अन्तर्गत मुद्दा चलाउने कार्य तत्काल रोक्न पनि माग गरेको छ । यस्तै व्यवसायीमाथि मुद्दा चलाउने जस्ता गतिविधि रोक्न पनि माग गरेको छ ।

महासङ्घले यसअघि जब्दीघाट पुल निर्माणमा अनियमितता गरेको आरोपमा मुद्दा चलाइएका बहालवाला सांसद हरिनारायण रौनियारको पनि बचाउ गर्दै विज्ञप्ति प्रकाशन गरेको थियो। सार्वजनिक खरिद अनुगमनको कार्यालयले नयाँ ठेक्कामा भाग लिन रोक लगाउने निर्णय गरेपछि महासंघले विरोध जनाएको थियो । पछिल्लो समय अख्तियारले समयमै काम नसक्ने ठेकेदार र कम्पनीमाथि निगरानी बढाइरहेको छ । पछिल्लो दुई महिनाको अवधिमा देशकै दुई निर्माण कम्पनी पप्पु र कालिकामाथि मुद्दा चलाइसकेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।