logo

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विभिन्न सुधारका प्रयास सुरु, ९० लाखको कार्पेट हालिदै

    1381   पटक पढिएको

२७ मंसिर/ अर्थ र व्यापार - त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विभिन्न सुधारका प्रयास सुरु भएका छन् । विमानस्थल अस्तब्यस्त र फोहोर भएको भएको गुनासो चर्को भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तरगतको विमानस्थल कार्यालयले सुधारको काम तीव्र बनाएको हो ।

विमानस्थलको प्रस्थानतर्फ अहिले धमाधम कार्पे्टिङ भइरहेको छ । झण्डै ९० लाख रुपैयाँ खर्चिएर विमानस्थलको प्रस्थान कक्ष र अध्यागमन जेकजाँच कक्षमा कार्पेटिङ् गर्ने काम अन्तिम चरणमा पुगेको विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए ।यस्तै विमानस्थल विमानस्थलले यात्रु र विमानस्थलको सुरक्षालाई ध्यानमा राख्दै आन्तरिक उडानतर्फ अन्तर्राष्ट्रयस्तरको नयाँ सुरक्षा जाँच केन्द्र स्थापना गरेको छ । विमानस्थलको आन्तरिक टर्मिनलको गेटबाट भित्रने स्थानमा सुरक्षा जाँच केन्द्रको स्थापना गरिएको छ । यसले विमानस्थलको सुरक्षालाई प्रभावकारी बन्ने   क्षेत्रिको दावी छ ।

यसअघि आन्तरिकतर्फ प्रस्थानमा मात्रै सुरक्षाजाँच हुन्थ्यो । अब विमानस्थल प्रवेशस्थलमै अन्तराष्ट्रिय स्तरको सुरक्षा जाँच केन्द्र स्थापना गरिएको छ । यहाँ पास रिर्डर, लगेज एक्स–रे र वाक थ्रो एक्स–रे छन् । अहिलेसम्म प्रहरीले हातले जाँच गर्दैमा अब विश्वसनीय प्रविधिको प्रयोग सुरु भएको छ ।

विमानस्थलका प्रमुख क्षेत्रीले विमानस्थलको पार्किङ व्यवस्थापनसहित भित्री भागहरु सजाउने काममा पनि लागेको बताए ।
विमानस्थलले अहिले आगमनतर्फ घडाहरु राखेको छ । ताउलोमा पानी भरेर फूलहरु सजाएर राखिएको छ । यस्तै मौलिक तवरले विमानस्थललाई व्यवस्थापन गरेर सुधारका प्रयास भइरहेको दावी क्षेत्रीको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।