१३ मंसिर / अर्थ र व्यापार- ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) मा पर्यटन क्षेत्रका विभिन्न मजदुर संगठनहरुले आफ्ना माग पुरा गराउनको लागी मिति २०७५ साल मंसिर १० गते सोमबार देखि तालाबन्दी गरेकोमा टानले वार्ताद्वारा समस्या समाधानका लागी अपिल गरेको छ । तालाबन्दीले गर्दा दैनिक कार्य संचालन गर्न समेत अवरोध भएको र मजदुरहरुले राखेको मागप्रति टान संधै सकारात्मक रहेको टानका अध्यक्ष नवराज दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
टानको बुधवार बसेको कार्यसमितिको आकस्मिक बैठकले टानका अध्यक्ष नवराज दाहालको अध्यक्षतामा एक वार्ता समिति समेत निर्माण गरेको जनाएको छ । विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित समचारहरुलाई आधार नबनाई टान र मजदुर बीचको सहकार्यलाई बलियो बनाउन आवश्यक रहेका टानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया