logo

अबदेखी नापी तथा मालपोत कार्यालयका सम्पूर्ण काम अनलाईनबाटै 

    1560   पटक पढिएको

१२ भदौ/अर्थ र व्यापार– भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्माकुमारी अर्यालले सेवाग्राहीको हितलाई ध्यानमा राख्दै नापी तथा मालपोत कार्यालयमा सम्पूर्ण काम अनलाईनबाटै सुरु गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएकी छन् ।

मन्त्री अर्यालले नापी तथा मालपोत कार्यालयमा अनलाईनबाट काम सुरु गर्न कुनै कानुनी तथा प्राविधिक जटिलता भए मन्त्रालय समाधान गर्न तयार रहेको जानकारी दिईन । 

नमूनाको रुपमा पहिलो पटक उपत्यका मालपोत तथा नापी कार्यालयमा सेवाग्राहीले अनलाइनबाट निवेदन दिन सक्ने उनले बताइन् । उनले नापी विभाग र मालपोत कार्यालय अधिकारीलाई ११ बुँदे निर्देशनसमेत दिएकी छिन् ।

लेखापढी कानुन व्यवसायीको भीडभाडले समानुपातिक तरिकाले सेवाग्राही सेवा नपाएको भन्दै उनले लेखापढी व्यवसायीको अनिवार्यरुपमा परिचयपत्र बनाउन पर्ने बताइन् । उनले मालपोत कार्यालयको सरकारी जमिनलाई व्यवसायीले प्रयोग गरेको भए तत्काल हटाउन निर्देशन दिईन । 

टोकन प्रणाली लागू गर्न, मालपोत कार्यालयमा बैंकिङ काउण्टरको व्यवस्था गर्न, सीसी टिभी जडान गर्न त्यसैबाट सेवाग्राहीलाई कर्मचारीले दिने सेवा अनुगमन गर्नसमेत उनले उपत्यकाका मालपोत तथा नापीका कार्यालय प्रमुखलाई निर्देशन दिइन् ।

कार्यालयमा अनधिकृत व्यक्तिको प्रवेशका रोक लगाउन सुरक्षाकर्मीको व्यवस्था गरिने भन्दै उनले त्यसका लागि गृह मन्त्रालयसँग अनुरोध गरिसकेको पनि बताइन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।