logo

अबदेखी नापी तथा मालपोत कार्यालयका सम्पूर्ण काम अनलाईनबाटै 

    1331   पटक पढिएको

१२ भदौ/अर्थ र व्यापार– भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्माकुमारी अर्यालले सेवाग्राहीको हितलाई ध्यानमा राख्दै नापी तथा मालपोत कार्यालयमा सम्पूर्ण काम अनलाईनबाटै सुरु गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएकी छन् ।

मन्त्री अर्यालले नापी तथा मालपोत कार्यालयमा अनलाईनबाट काम सुरु गर्न कुनै कानुनी तथा प्राविधिक जटिलता भए मन्त्रालय समाधान गर्न तयार रहेको जानकारी दिईन । 

नमूनाको रुपमा पहिलो पटक उपत्यका मालपोत तथा नापी कार्यालयमा सेवाग्राहीले अनलाइनबाट निवेदन दिन सक्ने उनले बताइन् । उनले नापी विभाग र मालपोत कार्यालय अधिकारीलाई ११ बुँदे निर्देशनसमेत दिएकी छिन् ।

लेखापढी कानुन व्यवसायीको भीडभाडले समानुपातिक तरिकाले सेवाग्राही सेवा नपाएको भन्दै उनले लेखापढी व्यवसायीको अनिवार्यरुपमा परिचयपत्र बनाउन पर्ने बताइन् । उनले मालपोत कार्यालयको सरकारी जमिनलाई व्यवसायीले प्रयोग गरेको भए तत्काल हटाउन निर्देशन दिईन । 

टोकन प्रणाली लागू गर्न, मालपोत कार्यालयमा बैंकिङ काउण्टरको व्यवस्था गर्न, सीसी टिभी जडान गर्न त्यसैबाट सेवाग्राहीलाई कर्मचारीले दिने सेवा अनुगमन गर्नसमेत उनले उपत्यकाका मालपोत तथा नापीका कार्यालय प्रमुखलाई निर्देशन दिइन् ।

कार्यालयमा अनधिकृत व्यक्तिको प्रवेशका रोक लगाउन सुरक्षाकर्मीको व्यवस्था गरिने भन्दै उनले त्यसका लागि गृह मन्त्रालयसँग अनुरोध गरिसकेको पनि बताइन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।