logo

बीमा विधयेक संसदमा पेश, हुबहु पारित भए बर्तमान सञ्चालक समिति खारेज हुने 

    1876   पटक पढिएको


१३ साउन/अर्थ र व्यापार– बीमा क्षेत्रलाई व्यवस्थित र स्वस्थ प्रतिस्पर्धाबाट अघि बढाउने र बीमितको हक हित रक्षाका लागि भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आइतबार बीमा विधयेक संसदमा पेश गरेको छ ।  

बीमा समितिलाई प्राधिकरणमा रुपान्तरण गरिने ब्यवस्था गरिएको छ । विधेयकमा भएको ब्यवस्था जस्ताको त्यस्तै पारित भएमा समितिका बर्तमान अध्यक्ष तथा सञ्चालक समिति सदस्यहरु पदमुक्त हुने छन् ।  

बीमा विधयेक प्रस्तुत गर्नुअघि सांसद प्रेम सुवालले उठाएको प्रश्नको जवाफमा अर्थमन्त्री खतिवडाले विदेशी लगानीमा खुलेका बीमा कम्पनीलाई फर्केर जाऊ भन्न सक्ने अवस्था नरहेको प्रष्ट्याएका छन्। ’हिजोको अवस्थामा कुन कुन परिस्थितिमा विदेशी बीमा कम्पनी नेपाल भित्रिए, अब तिनीहरुलाई फर्केर जाऊ भन्न सकिँदैन,’ खतिवडाले भने । 

बीमामा पहुँच नहुनेलाई बीमामा पहुँच दिनुपर्ने भन्दै उनले सरकारले ७० वर्षभन्दा माथिका वृद्धवृद्धाको १ लाख रुपैयाँसम्मको निशुल्क स्वास्थ्य बीमा कार्यक्रम सरकारले कार्यान्वयन गरेको उल्लेख गरे । 

बीमा व्यवसाय सीमित व्यक्तिको हातमा नहोस्, बदमासी गर्नेले उन्मुक्ती नपाओस, फर्जी बीमा नहोस् भन्नका लागि धेरै संस्था चाहिने भन्दै उनले त्यसलाई व्यवस्थित बनाउन कानुन बलियो हुनुपर्ने बताए । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।