logo

सरकारले भेट्यायो ७ खर्ब ३० अर्बको राजस्व संकलनको लक्ष्य

    1639   पटक पढिएको


१ साउन/अर्थ र व्यापार– विभिन्न समस्याको बावजुत सरकारले आर्थिक बर्ष ०७४/७५ मा ७ खर्ब ३० अर्बको राजस्व संकलनको लक्ष्य भेट्याएको छ । 

७ खर्ब ३० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्यसहित चालु आर्थिक वर्षको बजेट ल्याइएको थियो । करका दर परिवर्तन नगरी बजेट ल्याइएकाले अघिल्लो वर्ष विस्तारित आधारभित्रै रहेर २९.३ प्रतिशत राजस्व बढाउने लक्ष्य भेट्याउन चुनौतीपूर्णनै थियो । 

सेवा प्रदायक नेपाल टेलिकम र नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सरकारी अनुमानअनुसार राजस्व बुझाउन सकेनन् । सरकारले आर्थिक वर्ष २०७४/०७५ को अन्तिम तीन महिनामा नेपाल टेलिकमबाट २ अर्ब ५० करोड रूपैयाँ राजस्व प्राप्त हुने अनुमान गरेको थियो । तर, टेलिकमले अन्तिम किस्तास्वरूप १ अर्ब ५० करोड रूपैयाँ मात्रै राजस्व बुझाएको छ। 

यता आर्थिक वर्षको अन्तिममा नेतृत्व विहीन भएको नेपाल दूरसञ्चार प्राधिकरणले पनि सरकारलाई राजस्व बुझाउन सकेन । प्राधिकरणबाट ३ अर्ब रूपैयाँ राजस्व प्राप्त हुने सरकारको अनुमान थियो। नेतृत्व नभएको भन्दै उसले राजस्व नबुझाएको आन्तरिक राजस्व विभाग स्रोतले जनाएको छ । प्राधिकरणले गैरकर र कर राजस्व दुवै सरकारलाई बुझाउनुपर्ने भएपनि वर्षको अन्तिममा अध्यक्ष दिगम्बर झा बर्खास्तीमा परेपछि नेतृत्वविहीन भएकाले कर बुझाएन् । 

राजस्व संरचनामा ठुलो हिस्सा राख्ने ठुला करदाता कार्यालयले लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकेको स्रोतले बतायो । यो कार्यालयलाई ३० अर्ब रूपैयाँ राजस्व संकलनको लक्ष्य दिइएकोमा २८ अर्ब २० करोड रूपैयाँ संकलन गरेको आन्तरिक राजस्व विभागका ती अधिकारीले जानकारी दिए ।

ठुला करदाता कार्यालयले लक्ष्य भेट्न नसक्दा विभाग अन्तर्गतको असुली प्रभावित बनेको हो । यता भन्सारतर्फ सोमबार १ अर्ब रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा १ अर्ब ८५ करोड रूपैयाँ संकलन भएको छ । यसले भन्सारको लक्ष्य भेटेको अनुमान गरिएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।