logo

योगदान राष्ट्रको लागिको पाँचौ बार्षिक साधारणसभा सम्पन्न

    89   पटक पढिएको

३० कात्तिक/ अर्थ र व्यापार- सामाजिक संस्था योगदान राष्ट्रको लागि अभियानको पाँचौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार संस्थाका अध्यक्ष ओम प्रसाद उप्रेतीको अध्यक्षता, संस्थाका स्वास्थ्य सल्लाहकार, ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष डा.सुवास घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका केन्द्रीय उपाध्यक्ष राहुल कौशलले स्वागत मन्तव्य राख्दै संस्थाको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा कलाकार रमेश उप्रेती, पूर्व सुरक्षाकर्मी परिषद्का संरक्षक तथा पूर्व उपरथी सुरेश कुमार कार्की, पत्रकार विरेन्द्र जैरु, प्रमुख सल्लाहकार श्याम कँडेल, योगदानका सल्लाकार एवं आजीवन सदस्य रामकृष्ण घिमिरे, गोकर्णेश्वर नगर समिति अध्यक्ष कृष्णप्रसाद चौलागाई, काठमाण्डौ महानगर समिति अध्यक्ष शर्मिला थापा, निजगढ नगर समिति अध्यक्ष सरस्वती चौलागाई, आजीवन सदस्य बबि भारती, काठमाण्डौ महानगर समिति सल्लाहकार एवं आजीवन सदस्य लक्ष्मी बराल लगायतले संस्थाले गरेका र आगामी दिनमा गर्नुपर्ने कामका बारे धारणा राखेका थिए ।

कार्यक्रममा संस्थामा आवद्ध भई प्राथमिक उपचारको क्षेत्रमा उल्लेखनीय काम गर्ने दुई जनालाई सीएफएन हिरोबाट सम्मानित गरियो । पुरुषतर्फ धादिङका राज कुमार बिसुराल र महिलातर्फ काठमाडांैका बिजना त्रिताल लाई सम्मानित गरियो ।

त्यस्तै, उत्कृष्ट पालिकाको रुपमा काठमाण्डौ महानगर समितिलाई सम्मान गरियो । उत्कृष्ट पालिका अध्यक्षको रुपमा इटहरी उपमहानगर समिति अध्यक्ष डा. खगेन्द्र ओलीलाई सम्मान गरियो । उत्कृष्ट अन्तराष्ट्रिय पालिका समितिको रुपमा यूएई समितिलाई सम्मान गरिएको छ । महिला उद्यमी एवं आजीवन सदस्य रेखा शर्मा चौधरी लाई पनि सम्मान गरियो ।

कार्यक्रममा कलाकार निर्मल शर्मा, समाजसेवी ताराबहादुर कार्की, समाजसेवी बसन्त राना, समाजसेवी दिपेन्द्र सिंह, समाजसेवी शैलेन्द्र विष्ट, समाजसेवी दुर्गानाथ दाहाल, सल्लाहकार केएन सिलवाल, पत्रकार नविन धमला, नविन काफ्ले, समाजसेवी राधाकृष्ण खठ्का लगायतलाई सम्मान गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।