logo

मलेसियाको संसदमा नेपाली कामदारको मुद्दा, मन्त्रिपरिषदको बैठकबाट समाधान खोजिने 

    1703   पटक पढिएको


१५ साउन/अर्थ र व्यापार– मलेसियाको संसदमा मलेसियामा काम गर्न चाहने नेपाली कामदारहरुको समस्याको बिषयमा छलफल भएको छ । नेपालले कामदार पठाउन रोक लगाउने निर्णयमाथि मलेसियाको संसदमा छलफल भएको हो । 

आगामी शुक्रबार बस्ने मन्त्रिपरिषदको बैठकमा नेपालको निर्णयबारे छलफल हुने मलेसियाका मानव संशाधनमन्त्री एम कुलशेगरनले बताएका छन् । मन्त्रिपरिषदको बैठकले पछिल्लो समस्या समाधानका लागि आवश्यक कदम चाल्ने निर्णय लिने समेत बताएका छन् ।  
मलेसियाको अघिल्लो सरकारले नेपाल लगायतका १५ मुलुकमा बायोमेट्रिक लगायतका विभिन्न प्रावधान लगाएको थियो । भिएलएन नेपाल, माइग्राम, ओएससी, बायोमेट्रिक लगायतका कम्पनीमार्फत मलेसिया जाने प्रति कामदार १७ हजार रुपैयाँ गैरकानुनी रुपमा संकलन गर्दै आएको थियो । 

श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले यी सबै संस्था खारेज गरेका हुन् । चार वर्षको अवधिमा पाँच अर्ब रुपैयाँ भन्दा बढी रकम यी संस्थाले नेपाली कामदारहरुबाट उठाए । ती कम्पनीका संचालकलाई प्रहरीले पक्राउ गरेपनि अदालतको आदेशबाट सामान्य धरौटी राखेर रिहा भएका छन् । 

सबैभन्दा धेरै भिएलएन नेपाल नामक संस्थाले दुई अर्ब ४२ करोड रुपैयाँ गैरकानुनी रुपमा उठाएको छ । त्यसपछि माइग्राम, जिएसजी, आइसिएस, वायो म्याट्रिक स्वास्थ्य परिक्षण गराउने संस्थाहरुले दुई अर्ब ५० करोड रुपैयाँ गैरकानुनी रुपमा संकलन गरेका छन् ।

मन्त्री कुलसेगरनका अनुसार २०१८ जुन महिना सम्म कुल १७ लाख ४७ हजार १५४ जना विदेशी कामदार मध्ये तीन लाख ७८ हजार ५७७ जना नेपाली रहेको जानकारी दिए । उनले केही दिनअघि नेपाल सरकारसँग सम्झौंता गरेर कामदार ल्याउने जानकारी दिएका थिए ।      

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।