६ साउन/अर्थ र व्यापार– धुलो र हिलाले सास्ती खेप्दै आएका उपत्यकाबासीलाई यसबाट छुटकारा पाउन अझै एक बर्ष कुर्नुपर्ने भएको छ ।
उपत्यकाका निर्माणाधिन सडकको म्याद सरकारले एक वर्ष थपिदिएपछि अरु थप १ बर्ष उपत्यकाबासीले सास्ती खेप्न पर्न भएको हो ।
सर्वोच्च अदालतले उचित मुआब्जा दिएर मात्रै सडक विस्तार गर्न आदेश दिएपछि म्याद थपिएको इन्जिनियर विश्वविजयलाल श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मुआब्जा प्रकृयाका लागि ६ महिना लाग्छ । उपत्यका विकास प्राधिकरणका विकास आयुक्त डा.भाईकाजी तिवारीका अनुसार हाल विस्तार हुन लागेका सडकका लागि मात्रै मुआब्जाका लागि ५० अर्ब रुपैयाँ आवश्यक पर्छ ।
राजधानीको मूख्य प्रवेशदवार नागढुंगा (कंलकी(त्रिपुरेश्वर (१२.५ किमी),चावहिल –जोरपाटी–साँखु (१२.५ किमी), कर्मनाशा खोला– हरिसिद्धी– गोदावरी (७.६ किमी), ढोलाहिटी–सुनाकोठी– चापागाउ–सरस्वतीकुण्ड करिव (१३ किमी), इमाडोल– सिद्धिपुर– गोदावरीखोला– लामाटार सडक (७.२ किमी), जोरपाटी–सुन्दरीजल(७ किमी), बुङमती–नख्खुखोला– भैसेपाटी (५.५० किमी), पेप्सिकोला–सल्लाघारी सडक विस्तार (४.५ किमी) लगनखेल–सातदोबाटो (८ सय मिटर), चक्रपथ– ज्ञानज्योति गणेश– विद्धतमार्ग (०.७४२किमी),सडकको म्याद एक वर्ष थपिएको हो ।
तपाईको प्रतिक्रिया