logo

दोस्रो खण्डको कंलकी–महारागञ्ज सडकको डिजाइनमा परिवर्तन हुने 

    2278   पटक पढिएको


२९ आषाढ/अर्थ र व्यापार– कोटेश्वर–कंलकी पहिलो सडक खण्डको डिजाइनमै त्रुटी भेटिएपछि दोस्रो खण्डको कंलकी–महारागञ्ज सडक खण्डमा डिजाइननै परिवर्तन गरेर सडक विस्तार गर्ने भएको छ । 

चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा विस्तार गर्न लागिएको चक्रपथको कंलकी–महारागञ्ज खण्ड ८.२ किलोमिटर लामो हुने छ । यो खण्ड पनि पहिलो खण्ड जस्तै ८ लेनकै हुनेछ । चीन सरकारको छ अर्ब रुपैयाँ अनुदान सहयोगमा विस्तार गर्न लागिएको यो सडक काम सुरु गरेको चार बर्षमा सक्ने लक्ष्य लिईएको छ । 

सडक विभाग वैदेशिक महाशाखाका अनुसार भदौसम्म मुआब्जा वितरण,साइट क्लियर लगायत सक्ने र असोजबाट विस्तारको कार्य सुरु गर्ने लक्ष्य लिईएको छ ।

कोटेश्वर–कंलकी पहिलो खण्डमा विस्तार गर्दा धेरै कमीकमजोरीहरु भेटिएकाले नयाँ डिजाइन बनाएर विस्तार गर्न लागिएको चक्रपथ सुधार योजना प्रमुख प्रकाशचन्द्र भण्डारीले जानकारी दिए । उनका अनुसार सडक विस्तार पैदल यात्रु मैत्री नभएको र सवारीसाधन समेतको दुर्घटना बढेपछि दोस्रो खण्डको डिजाइन नै परिवर्तन गर्न लागिएको हो ।

भण्डारीका अनुसार सडकको वीचमा ‘मेडियन’,बाटो काट्नका लागि आवश्यकता हेरेर जेव्रा क्रसिङ,ट्राफिक सिंग्नल,हरियाली, छुट्टै साइकल लेन  लगायत राख्न लागिएको हो । कोटेश्वर–कंलकी खण्डमा ‘मेडियन’ छैन् । पहिलो खण्डमा मुख्य लेनको वीचमा ‘मेडियन’ नहुँदा दुर्घटनाको जोखिम उच्च भएकाले दोस्रो खण्डमा मेडियम राख्न लागिएको हो ।

अहिले चिनियाँ प्राविधिकहरुले दोस्रो खण्डको डिजाइन धमाधम तयार पारिरहेका छन् । चिनियाँ प्राविधिकहरुले प्रारम्भिक डिजाइन नेपाल सरकारलाई दिईसकेका छन् भने डिजाइन बनाउने काम अन्तिम चरणमा पुगेको छ ।

त्यसै गरि वरिपरि विरुवाहरु रोपेर सडकलाई हरियाली बनाइने छ । आवश्यकता अनुसार ओभर हेड व्रिज (आकाशे पुल) निर्माण गरिने आयोजनाले जनाएको छ ।

यो खण्डमा पर्ने स्वयम्भू सम्पदा क्षेत्र भएकाले यो एरियामा करिव ५ मिटर फ्लाइ ओभर बनाउने वा अण्डर पास बनाउने भन्ने छलफल भइरहेको छ । उनका अनुसार महाराजगंजमा अण्डरपास वे बनाउने विषयमा समेत छलफल भइरहेको  छ । 

त्यस्तै महाराजगञ्ज –कोटेश्वर फाइनल खण्डको समेत सर्भे भैरहेको चक्रपथ सुधार योजनाले जनाएको छ । यो खण्डको समेत चिनियाँ अनुदानमा बनाउने विषयमा छलफल भैरहेको वैदेशिक महाशाखाले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।