logo

दोस्रो खण्डको कंलकी–महारागञ्ज सडकको डिजाइनमा परिवर्तन हुने 

    2143   पटक पढिएको


२९ आषाढ/अर्थ र व्यापार– कोटेश्वर–कंलकी पहिलो सडक खण्डको डिजाइनमै त्रुटी भेटिएपछि दोस्रो खण्डको कंलकी–महारागञ्ज सडक खण्डमा डिजाइननै परिवर्तन गरेर सडक विस्तार गर्ने भएको छ । 

चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा विस्तार गर्न लागिएको चक्रपथको कंलकी–महारागञ्ज खण्ड ८.२ किलोमिटर लामो हुने छ । यो खण्ड पनि पहिलो खण्ड जस्तै ८ लेनकै हुनेछ । चीन सरकारको छ अर्ब रुपैयाँ अनुदान सहयोगमा विस्तार गर्न लागिएको यो सडक काम सुरु गरेको चार बर्षमा सक्ने लक्ष्य लिईएको छ । 

सडक विभाग वैदेशिक महाशाखाका अनुसार भदौसम्म मुआब्जा वितरण,साइट क्लियर लगायत सक्ने र असोजबाट विस्तारको कार्य सुरु गर्ने लक्ष्य लिईएको छ ।

कोटेश्वर–कंलकी पहिलो खण्डमा विस्तार गर्दा धेरै कमीकमजोरीहरु भेटिएकाले नयाँ डिजाइन बनाएर विस्तार गर्न लागिएको चक्रपथ सुधार योजना प्रमुख प्रकाशचन्द्र भण्डारीले जानकारी दिए । उनका अनुसार सडक विस्तार पैदल यात्रु मैत्री नभएको र सवारीसाधन समेतको दुर्घटना बढेपछि दोस्रो खण्डको डिजाइन नै परिवर्तन गर्न लागिएको हो ।

भण्डारीका अनुसार सडकको वीचमा ‘मेडियन’,बाटो काट्नका लागि आवश्यकता हेरेर जेव्रा क्रसिङ,ट्राफिक सिंग्नल,हरियाली, छुट्टै साइकल लेन  लगायत राख्न लागिएको हो । कोटेश्वर–कंलकी खण्डमा ‘मेडियन’ छैन् । पहिलो खण्डमा मुख्य लेनको वीचमा ‘मेडियन’ नहुँदा दुर्घटनाको जोखिम उच्च भएकाले दोस्रो खण्डमा मेडियम राख्न लागिएको हो ।

अहिले चिनियाँ प्राविधिकहरुले दोस्रो खण्डको डिजाइन धमाधम तयार पारिरहेका छन् । चिनियाँ प्राविधिकहरुले प्रारम्भिक डिजाइन नेपाल सरकारलाई दिईसकेका छन् भने डिजाइन बनाउने काम अन्तिम चरणमा पुगेको छ ।

त्यसै गरि वरिपरि विरुवाहरु रोपेर सडकलाई हरियाली बनाइने छ । आवश्यकता अनुसार ओभर हेड व्रिज (आकाशे पुल) निर्माण गरिने आयोजनाले जनाएको छ ।

यो खण्डमा पर्ने स्वयम्भू सम्पदा क्षेत्र भएकाले यो एरियामा करिव ५ मिटर फ्लाइ ओभर बनाउने वा अण्डर पास बनाउने भन्ने छलफल भइरहेको छ । उनका अनुसार महाराजगंजमा अण्डरपास वे बनाउने विषयमा समेत छलफल भइरहेको  छ । 

त्यस्तै महाराजगञ्ज –कोटेश्वर फाइनल खण्डको समेत सर्भे भैरहेको चक्रपथ सुधार योजनाले जनाएको छ । यो खण्डको समेत चिनियाँ अनुदानमा बनाउने विषयमा छलफल भैरहेको वैदेशिक महाशाखाले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।