logo

राजदूत नियुक्तिमा निर्देशिका लागू, अब प्रधानमन्त्रीले राजदुतलाई सपथ खुवाउने 

    1640   पटक पढिएको


१साउन/अर्थ र व्यापार– राजदूत पद रिक्त भएपछि प्रक्रिया थाल्दा नियुक्तिमा ढिलाइ हुने भएपछि सरकारले पद रिक्त हुनु तीन महिना अगाडि नै नयाँ राजदूत नियुक्तिको प्रक्रिया थाल्ने भएको छ ।

सरकारले राजदूत नियुक्तिको प्रक्रिया रिक्त हुनुभन्दा तीन महिना अगाडि देखि थाल्ने गरी परराष्ट्र मन्त्रालयले निर्दे्शिका तयार गरेको हो । निर्दे्शिकालाई असार २४ गतेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरिसकेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रालयले राजदूत नियुक्तिका लागि प्रारम्भिक अध्ययन गरी सम्भावित उम्मेदवारहरुको टुंगो लगाउने बताए । 

‘एउटा राजदूत नियुक्त गर्दा संसदीय सुनुवाई हुँदै सम्बन्धित देशबाट एग्रीमो आउन समय लाग्ने हुँदा प्रक्रियालाई अगाडि देखि नै सुरु गर्ने गरी निर्दे्शिका तयार पारेका छौँ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘यसले राजदूतहरुको नियुक्तिमा देखिँदै आएको ढिलाई कम गर्नेछ।’

अब राजदूत नियुक्तिका लागि न्यूतम शैक्षिक योग्यता स्नातक हुनुपर्ने छ । त्यस्तै विदेशी नागरिकता नलिएको हुनुपर्ने छ । साथै कुटनीतिक अनुभवलाई समेत जोड दिइएको छ ।

राजदूतका लागि सिफारिस गर्दा कुन देशका लागि सिफारिस गर्ने हो, त्यस देशमा नेपालको तर्फबाट सम्पादन हुने कामको ज्ञान आवश्यक पर्ने छ । त्यस्तै एनजिओमा काम गर्नेलाई सिफारिस गरिने छैन । पहिला काम गरेको भए अवकाश लिएको १० वर्षभन्दा बढी भएको हुनुपर्ने छ ।

त्यस्तै निर्दे्शिकाले राजदूतको काम कर्तव्यको बारेमा समेत स्पष्ट व्यवस्था गरेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए। उनका अनुसार राजदूतहरुलाई आचारसंहिताले समेत बाँधिने छ।

यसैबीच राजदूतलाई प्रधानमन्त्रीले सपथ खुवाउने व्यवस्था निर्दे्शिकाले गरेको छ। परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार राष्ट्रपतिबाट राजदूत नियुक्त भएसँगै सम्बन्धित देशमा जानु अगाडि राजदूतले प्रधानमन्त्रीसँग सपथ लिनु पर्नेछ ।

यस्तै परराष्ट्रले राजदूतहरुको वर्गीकरण समेत हटाएको छ । परराष्ट्रले तयार गरेको निर्दे्शिकाले राजदूत हुने देशको आधारमा हुँदै आएको राजदूतहरुको वर्गीकरणलाई हटाएको हो ।

यसअघि भारत, चीन, अमेरिका, राष्ट्र संघीय नियोग न्यूयोर्कका राजदूतलाई माथिल्लो तहमा तथा अन्य देशका राजदूतहरु तल्लो तहमा राखिँदै आएको थियो ।

चीनका लागि नेपाली राजदूत लिलामणि पौडेलले निर्वाचन लड्न राजिनामा दिएर फर्किएपछि रिक्त रहेको पदमा सरकारले पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीलाई सिफारिस गरेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।