logo

उद्योगमा दोब्बर, उर्जामा तेब्बर लगानी भित्रियो, सुचना तथा सेवामा घट्यो  

    1326   पटक पढिएको


१ साउन/अर्थ र व्यापार– अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा भन्दा आर्थिक वर्ष २०७४/७५ मा दोब्बर बढी लगानी भित्रिएको छ ।

आर्थिक वर्ष २०७४/७५ को अन्त्यमा ३ खर्ब ५० अर्ब ५९ करोड रुपैयाँ बराबरका उद्योग विभागमा दर्ता भएको उद्योग विभागले जनाएको छ । आर्थिक वर्ष २०७३/७४ को अन्त्यमा एक खर्ब ६३ अर्ब १७ करोड रुपैयाँ बराबरका उद्योग विभागमा दर्ता भएका थिए । 
अघिल्लो आर्थिक वर्षको तुलनामा उद्योगको संख्या कम भएपनि लगानी भने दोब्बर बढी भएको हो । अघिल्लो वर्ष ५१० वटा उद्योग दर्ता भएकोमा गत वर्ष ४९६ वटा उद्योगमात्रै दर्ता भएका छन् ।

रोजगारी प्रतिवद्धता पनि अघिल्लो वर्षको भन्दा बढी भएको छ । अघिल्लो वर्ष २६ हजार ५३० जनालाई रोजागरीको प्रतिवद्धता भएकोमा गत आर्थिक वर्षमा २७ हजार ३३९ जनालाई रोजगारीको प्रतिवद्धता गरिएको छ ।

अघिल्लो आर्थिक वर्षमा उर्जाका २० उद्योगमा ८२ अर्ब ४० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता भएकोमा गत आर्थिक वर्षमा ३९ उद्योगमा दुई खर्ब ३४ अर्ब रुपैयाँ लगानी प्रतिवद्धता भएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा तेब्बर बढी लगानी प्रतिवद्धता हो ।

उर्जा क्षेत्रमा आएको यो लगानी प्रतिवद्धता गत आर्थिक वर्षमा आएको जम्मा लगानी प्रतिवद्धताको दुई तिहाई लगानी हो ।
स्वदेशीसँगै विदेशी लगानीकर्ताको रोजाइमा पनि जलविद्युत आयोजना परेकोले उर्जा क्षेत्रमा व्यापक लगानी प्रतिवद्धता भएको उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुषालले बताए ।

यस्तै उत्पादनमुलक उद्योगमा पनि गत वर्षको तुलनामा झण्डै दोब्बर लगानीको प्रतिवद्धता भएको छ। अघिल्लो आर्थिक वर्षमा १२५ उद्योगमा ४३ अर्ब ९६ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता भएकोमा गत आर्थिक वर्षमा १३० उद्योगमा ७७ अर्ब २६ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता भएको छ ।

पर्यटन उद्योगमा पनि अघिल्लो आर्थिक वर्षमा १५४ उद्योगमा १५ अर्ब रुपैयाँ लगानी प्रतिवद्धता भएकोमा गत आर्थिक वर्षमा १५९ उद्योगमा २३ अर्ब ८५ करोड रुपैयाँ लगानी प्रतिवद्धता भएको छ । 

यस्तै निर्माण उद्योगतर्फ अघिल्लो आर्थिक वर्षमा तीन उद्योगमा एक अर्ब ६९ करोड रुपैयाँ लगानी प्रतिवद्धता भएकोमा गत आर्थिक वर्षमा चार उद्योगमा चार अर्ब ७३ करोड रुपैयाँ लगानी प्रतिवद्धता भएको छ ।

अघिल्लो आर्थिक वर्षमा तीन खनिज उद्योगमा आठ करोड रुपैयाँ मात्र लगानी प्रतिवद्धता भएकोमा गत आर्थिक वर्षमा चार खनिज उद्योगमा दुई अर्ब ४२ करोड रुपैयाँ लगानी प्रतिवद्धता भएको छ ।

सेवा, सूचना प्रविधि र कृषिजन्य उद्योगमा पनि लगानी घटेको छ । अघिल्लो आर्थिक वर्षमा १६६ सेवामुलक उद्योगमा १५ अर्ब ८७ करोड रुपैयाँ लगानी प्रतिवद्धता भएकोमा गत आर्थिक वर्षमा ११४ वटा सेवामुलक उद्योगमा पाँच अर्ब १३ करोड रुपैयाँ मात्र लगानी प्रतिवद्धता भएको छ । 

अघिल्लो आर्थिक वर्षमा २५ वटा कृषिजन्य उद्योगमा तीन अर्ब २६ करोड रुपैयाँ लगानी प्रतिवद्धता भएकोमा गत आर्थिक वर्षमा २२ उद्योगमा दुई अर्ब ५२ करोड रुपैयाँ मात्र लगानी प्रतिवद्धता भएको छ ।

त्यसैगरी अघिल्लो आर्थिक वर्षमा १४ वटा सूचना प्रविधि उद्योगमा ९० करोड रुपैयाँ लगानी प्रतिवद्धता भएकोमा गत आर्थिक वर्षमा २४ उद्योगमा ७५ करोड रुपैयाँ मात्र लगानी प्रतिवद्धता भएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।