logo

औपचारिक आव्हान गर्नुअघिनै निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणका लागि अन्तर्रा्ष्ट्रिय कम्पनी ईच्छुक

    1593   पटक पढिएको


६ साउन/अर्थ र व्यापार– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मोडालिटी टुंगो लगाई निर्माणको औपचारिक आव्हान गर्नुअघिनै निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणका लागि अन्तर्रा्ष्ट्रिय कम्पनी ईच्छुक देखिएका छन् ।

निर्माण मोडालिटी टुंगो लगाउनुअघि नै निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा विमानस्थल बनाउन अन्तर्रा्ष्ट्रिय कम्पनी ईच्छुक देखिएका हुन् ।  

अर्थमन्त्री डा.युवराज खतिवडाले ठूला पूवार्धारको विषयमा जानकारी लिन डाकेको बैठकमा मन्त्रालयका तर्फबाट सचिव कृष्ण देवकोटाले अन्तर्रा्ष्ट्रिय कम्पनीले निजगढ विमानस्थल बनाउन चाहेको विफ्रिङ गरेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मोडालिटी टुंगो लगाई निर्माणको औपचारिक आव्हान गर्नुअघिनै अमेरिकी कम्पनी पी थ्री इन्टरनेशनल, विस्तृत संभाव्यता अध्ययन (डिएफएस) निर्माता ल्याण्डमार्क वर्ल्डवाइड (एलएमएडब्लु) कोरिया र अर्को एक भारतीय कम्पनीले विमानस्थल निर्माणमा चासो देखाएका हुन्। ती कम्पनीले मन्त्रालयसमक्ष औपचारिकरुपमा प्रस्तुत  भने भएका छैनन् ।

पि थ्रीले विश्व बैंकको अन्तर्रा्ष्ट्रिय वित्त निगम(आइएफसी)समेतको संलग्नतामा लगानी व्यवस्थापन गरी आयोजना अघि बढाउने प्रस्ताव गरेको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । 

अन्तर्रा्ष्ट्रिय कम्पनीहरुले अनौपचारिक प्रस्ताव गर्न थालेपछि पर्यटन मन्त्रालयले विमानस्थल निर्माणका लागि ईच्छुक समूहबाट आशयपत्र माग गर्ने तयारी गरेको छ ।

सरकारले बुट मोडलमा आयोजना निर्माणको विधि तय गरे सार्वजनिक खरिद ऐनको व्यवस्थाअनुसार उचित निर्माण कम्पनी छनौट गरी कामको जिम्मेवारी दिइने देवकोटाले बताए।

सरकारले ठूलो लगानीमा निर्माण हुने यस्ता पूर्वाधार आयोजनामा विदेशी लगानी भित्र्याउने र अघि बढाउनको लागि बुट मोडललाई संभाव्य उपयुक्त विधिको रुपमा लिइएको छ । यो मोडलअन्तर्गत आयोजना निर्माण भए निर्माणकर्ताले निर्माणअवधिसमेत गरी ३० वर्ष आयोजना सञ्चालन गर्छ र चालु आवस्थामा आयोजना सरकारलाई हस्तान्तरण गर्नुपर्छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।