११ श्रावण / अर्थ र व्यापार- नेपाल एयरलाइन्स कर्पोरेशनले अन्तराष्ट्रिय हवाई उड्डयनको क्षेत्रमा आप्mनो उपस्थितिलाई सबल र प्रभावकारी बनाउन झण्डै एक महिनाको अवधिमा एयरबस ३३०–२०० सिरिजको २७४ सीट क्षमता भएका २ वटा वाइड बडि जहाज नेपाल भित्र्याउन सफल भएकोमा नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले स्वागत गरेको छ ।
नाट्टाका अध्यक्ष सि.एन पाण्डे द्वारा विज्ञप्तिमा नेपालको समस्त पर्यटन क्षेत्रका लागि यो उपलब्धिले नेपाल भ्रमण बर्ष २०२० मा २० लाख अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्र्याउने लक्ष्यलाई थप सघाउ पुग्ने जनाईएको छ । नेपालको हवाई मार्गको सम्पूर्ण आवश्यकतालाई पुरा गर्न यो उपलब्धि प्रयाप्त नभएका कारण पर्यटन क्षेत्रको मुख्य पूर्वाधार मानिएको हवाई मार्गको आवश्यकतालाई पुरा गर्न निगमले निकट भविष्यमा नै थप २ वटा वाइडबडी र ४ वटा न्यारोवडी जहाज खरिद गरि लामो दूरिमा सिधा उडान गर्न र बाँकी विश्वसंग सम्पर्क स्थापित गरि सेवा विस्तार गर्न समेत नाट्टाले माग गरेको छ ।
तपाईको प्रतिक्रिया