logo

भरतपुरमा जग्गाको न्यूनतम सरकारी मूल्यांकननै कठ्ठाको दुई करोड ५५ लाख, काठमाडौंपछि सबैभन्दा महँगो

    2362   पटक पढिएको


१४ साउन/अर्थ र व्यापार– भरतपुर महानगरपालिकामा जग्गाको न्यूनतम सरकारी मूल्यांकननै कठ्ठाको दुई करोड ५५ लाख रुपैयाँ पुगेको छ । यो मुल्य काठमाडौं पछिकै महंगो हो ।  

व्यवसायीहरुका अनुसार सरकारी मूल्यांकन अढाई करोड तोकिएको क्षेत्रमा अहिले कठ्ठाको पाँच करोड रुपैयाँसम्म कारोबार भइरहेको छ ।

नारायणगढ बजार क्षेत्रमा महेन्द्र राजमार्गसँग जोडिएका जग्गाको सरकारी मूल्य २ करोड ५४ लाख ८० हजार रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्ष त्यही जग्गाको न्यूनतम मूल्यांकन कठ्ठाको एक करोड ८२ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्ष २०७३/७४ को लागि प्रति कठ्ठा एक करोड ३० लाख रुपैयाँ थियो ।

दुई वर्ष भित्र चितवनमा जग्गाको मूल्य एकै कठ्ठामा एक करोड २५ लाख रुपैयाँले बढेको छ । मुग्लिन नारायणगढ राजमार्ग वडा नम्बर १ र ३ सीमानाबाट पुल्चोकसम्मको जग्गाको मूल्य १ करोड ९६ लाख रुपैयाँ कायम भएको छ । शहिदचोक(महेन्द्र राजमार्ग)बाट बालकुमारी माबि जाने चोकसम्मको सरकारी मूल्य कठ्ठाको १ करोड ९६ लाख रुपैयाँ छ।

चितवनमा वर्षेनी ४० प्रतिशतका दरले सरकारी मूल्यांकन बढेको छ । चालु आर्थिक वर्षमा सबै ठाउँमा ३० देखि ४० प्रतिशतले मूल्यांकन बढाइएको मालपोत कार्यालय चितवनका प्रमुख नगेन्द्र पौडेलले जानकारी दिए । महानगरपालिका भित्र बाटोले नछोएको जग्गाको पनि प्रति कठ्ठा न्यूनतम मूल्य २० लाख रुपैयाँसम्म कायम गरिएको छ ।

बाटोले छोएको खेतीयोग्य जग्गाको मूल्य झनै महँगो छ । कुनैपनि वडाभित्र बाटोले छोएको र खेतीयोग्य जग्गाको मूल्यांकन न्यूनतम पाँच लाख रुपैयाँ देखि ६० लाख रुपैयाँ सम्म कायम गरिएको छ । कार्यालययबाट कारोबार गर्ने रत्ननगर नगरपालिकामा पनि प्रति कठ्ठा ४० लाख रुपैयाँ सम्म न्यूनतम मूल्यांकन कायम गरिएको छ ।

चितवनबाट काठमाडौं आउने मुग्लिन सडकसँग जोडिएका कुनैपनि ठाउँमा प्रति कठ्ठा ३० लाख रुपैयाँ भन्दा बढी न्यूनतम मूल्यांकन गरिएको छ ।

खैरहनी नगरपालिकामा पर्ने जग्गाको न्यूनतम मूल्याङ्कन पनि ३० लाख रुपैयाँ कायम गरिएको छ। कालिका नगरपालिकामा बाटो भएको जग्गाको प्रति कठ्ठा पाँच लाख रुपैयाँ देखि २५ लाख रुपैयाँसम्म मूल्यांकन कायम गरिएको छ। ईच्छाकामना गाउँपालिकामा पर्ने जग्गाको मूल्यांकन प्रति कठ्ठा ५५ लाख रुपैयाँ सम्म कायम गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।