logo

घरजग्गाको कारोबारबाट ३० अर्ब ६७ करोड रुपैयाँ राजस्व संकलन     

    2271   पटक पढिएको


८साउन/अर्थ र व्यापार– गत आर्थिक वर्ष २०७४–७५ मा घरजग्गा कारोबारबाट ३० अर्ब ६७ करोड रुपैयाँ कुल राजस्व संकलन भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७३–७४ को तुलनामा यस आर्थिक बर्षमा ४ अर्र्ब रुपैयाँ बढी राजश्व संकलन भएको हो । अघिल्लो आर्थिक वर्षमा २६ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो । 

गत आर्थिक वर्षमा घरजग्गा रजिष्ट्रेशन तर्फ २३ अर्ब १२ करोड रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्षमा रजिष्ट्रेशन तर्फ २० अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

गत आर्थिक वर्षमा छ अर्ब २५ करोड रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ । अघिल्लो वर्ष चार अर्ब ६२ करोड रुपैयाँ पूँजीगत लाभकर संकलन भएको थियो । 

काठमाडौं उपत्यकाका ८ वटा मालपोत कार्यालयले बाग्मती सभ्यताका लागि गत आर्थिक वर्षमा एक अर्ब ३० करोड रुपैयाँ संकलन भएको छ । पूँजीगत लाभकरमा गरेको कडाइपछि लाभकरमा भने वृद्धि भएको छ । 

गत वर्षको साउनमा वर्षमा एक पटकमात्रै कित्ताकाट गर्न पाउने प्रावधान ल्याएको थियो । तर अंशबण्डा लगायतका वैकल्पिक उपाय निकाल्दै जग्गा व्यावसायीले कृषि योग्य जमिन खरीदबिक्री गरेकोले कारोबार बढेको हो । 

गत आर्थिक वर्षमा ११ महिना सम्म लक्ष्य अनुसार राजस्व संकलन हुनसकेको थिएन । तर  नयाँ आर्थिक वर्ष २०७५–७६ को बजेटबाट १० लाख रुपैयाँ माथीको कारोबारमा पूँजीगत लाभकर लिने घोषणा गरेपछि बर्षको अन्तिम महिनामा मात्रै तीन अर्ब रुपैयाँ राजस्व र एक अर्ब रुपैयाँ पूँजीगत लाभकर संकलन भएको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।