logo

५ अर्ब भ्रष्टचार अभियोगमाथिको छानविन सामना गर्न तयार छु : मलेसियाली पूर्वउपप्रधानमन्त्री 

    1491   पटक पढिएको


८ साउन/अर्थ र व्यापार– मलेसियाका पूर्व उपप्रधानमन्त्री डा. अहमद जाहिद हमिदीले नेपाली कामदारहरूमाथी मलेसिया जानेक्रममा भएको भ्रष्टाचारको अभियोगमा आफु र आफ्नो परिवारको कुनै संलग्नता नभएको बताएका छन् ।  

पूर्व उपप्रधानमन्त्री हमिदीले ‘आफूमाथि लागेको आरोपलाई झुटो साबित गर्न वा यस घटनामा मैले कुनै पनि शक्तिको दुरुपयोग गरेको वा परिवारको कुनै पनि सदस्यको यसमा संलग्नता छैन भन्ने प्रमाणित गर्न वा म त्यसमा सामेल छैन भन्ने प्रमाणित गर्नका लागि पनि मलेसियाको एन्टि करप्सन कमिसन (एमएसीसी)को अनुसन्धानको सामना गर्न तयार रहेको पनि बताएका छन् ।

नेपाली कामदारहरू मलेसिया लैजाने क्रममा त्यहाँको सरकारले संस्थागत रूपमा भ्रष्टाचार गरेको भन्दै उनी र उनको परिवारमाथि अभियोग लागेको छ । 

खोज पत्रकारिता केन्द्रले ‘राज्य संयन्त्रकै मिलेमतोमा लुटियो गरिब नेपालीको ५ अर्ब’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । सोही समाचारलाई अंग्रेजीमा अनुवाद गर्दै नेपाली टाइम्सले प्रकाशित गरेपछि उनको यस्तो प्रतिक्रिया आएको हो । 

रिपोर्टमा पूर्व गृहमन्त्रीसमेत रहेका पूर्व उपप्रधानमन्त्री अहमद जाहिदले निजी कम्पनी  ‘अल्ट्रा किनारा एसडीएन बीएचडी’सँग आउटसोर्स गरी मलेसियामा जाने कामदारहरूबाट अवैध रूपमा अर्बौँ लुटेको उल्लेख छ ।

२०७० भदौ देखि मलेसिया गएका ६ लाख ९ हजार ८७९ जना कामदारले विभिन्न शीर्षकमा पैसा तिर्नुपरेको सीआईजेको रिपोर्टमा उल्लेख छ । भिसा प्रोसेसिङ शुल्कबापत तीन हजार २०० रुपैयाँ र स्वास्थ्य परीक्षका लागि वायोमेट्रिक परीक्षण गर्न चार हजार ५०० असुल गरिएको थियो ।

त्यस्तै कामदारको राहदानी र हातको फिंगरप्रिन्टका लागि समेत तीन हजार २०० रुपैयाँ असुलिँदै आएको थियो। मलेसिया जाने कामदारको विवरण अनलाइन सफ्टवेयर प्रणालीमा दर्ता गर्नका लागि भन्दै थप ३ हजार ५०० रुपैयाँ उठाउन थालिएको थियो। त्यस्तै कामदारको राहदानी संकलन गर्नका लागि ३ हजार २०० रुपैयाँ समेत लिइएको थियो।

जसबापत यो पाँच वर्षमा मलेसिया पुगेका नेपालीको पाँच अर्ब ३५ लाख रुपैयाँ लुटिएको थियो। यसमा नेपाली र मलेसियाली सरकारी अधिकारीको मिलेमतो रहेको तथ्य समाचारमा उल्लेख छ ।

यसरी नेपालीबाट अर्बौँ लुट्नका लागि नेपाली कामदारहरूका लागि वायोमेट्रिक स्वास्थ्य परीक्षण लाई अनिवार्य गर्दै त्यहाँको  ‘बेस्टिनेट एसडीएन बीएचडी’ ले जिम्मा पाएको थियो । जुन अहमदका बहिनी ज्वाइँ अमिन अब्दुल नुरको कम्पनी हो।

रिपोर्टमा हमिदीका भाइ अब्दुल हाकीम अहमदी र पूर्व प्राकृतिक स्रोत तथा वातावरण मन्त्री तान सिरी अज्मी खालिदको समेत यो कम्पनीमा सेयर रहेको उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।