logo

मौद्रिक नीतिले मूल्यवृद्धि निम्त्याउने डर, आयातकर्ताको लागत बढ्ने 

    1726   पटक पढिएको

२८ आषाढ/अर्थ र व्यापार– नेपाल राष्ट्र बैंकले बुधबार मौद्रिक नीति सार्वजनिक गर्दै सामान आयातको भूक्तानीको माध्यमका रुपमा प्रतितपत्र (एलसी)लाई प्राथमिकता दिँदा त्यसले मूल्यवृद्धि हुने देखिन्छ । 

एलसीले विभिन्न मुलुकहरुवाट आयत गरिने आयातित् सामान तथा कच्चा पदार्थको मूल्य बढाउने भएको हो ।

नेपाल राष्ट्र बैंकले भारतबाट हुने ५ करोड भारु (८ करोड रुपैयाँ) भन्दा धेरैको आयातको भुक्तानीको माध्यम एलसी हुनुपर्ने व्यवस्था गरेको छ । यस्तै तेस्रो मुलुकबाट सामान आयात गर्ने वेयवसायीले ४० हजार डलर भन्दा धेरैको आयात एलसीमार्फत गर्नुपर्नेछ ।

राष्ट्र बैंकले भारतबाट हुने आयात व्यापारमा पहिलोपटक विना एलसी ल्याउन पाउने सामानमा सीमा तोकेको हो । तेस्रो मुलुकबाट हुने आयातमा भने ३० हजार डलरको सीमामा परिवर्तन गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका भारतबाट हुने आयातमा पहिलो पटक लगाइएको एलसीको बाध्यकारी सीमाले आयातको लागत महँगो हुने बताउँछन् । यसले प्रक्रियागत लागत बढाउने हुँदा सामानको मूल्य केही बढाउने देखिन्छ,’ उनले भने। भूक्तानीका अन्य माध्यमहरु डेलिभर एट प्लेस (डिएपी) र टेलिग्राफिक ट्रान्सफर (टिटी)को साटो सरकारले एलसीलाई प्राथमिकता दिएको छ । यस्तै, सरकारले भारत र चीनबाट हुने आयातमा पाउने भन्सार छुट लिन पनि एलसी अनिवार्य गरिसकेको छ ।

कतिपय भुक्तानी अहिले पनि गैह्र बैंकिङ प्रणालीबाट भइरहेका छन् । सरकारले त्यसलाई नियन्त्रण गरेर बैंकिङ भूक्तानी प्रणालीलाई स्थापित गर्न खोजेको हो । भन्सार सुविधा लिन एलसी खोलेकै हुनुपर्ने व्यवस्था छ । 

तर, महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले व्यवसायिक लागत डेढ प्रतिशतसम्म बढ्न सक्ने उल्लेख गरे । यसले त्यही अनुपातमा आयातित वस्तुको भाउ पनि बढ्ने उनको दावी छ । सवारी साधन र औद्योगिक कच्चा पदार्थको मूल्य एकदेखि डेढ प्रतिशतसम्म बढाउने उनले बताए ।

वैदेशिक व्यापारमा भूक्तानीका विभिन्न माध्यममध्ये एलसीलाई महँगो माध्यमका रुपमा लिइन्छ । आयातकर्ताको जमानीका रुपमा बैंकले काम गर्दा यता पनि शुल्क तिर्नुपर्ने र भूक्तानी सुनिश्चितता शुल्क निर्यातकर्ताको देशमा रहेको बैंकलाई पनि तिर्नुपर्ने भएकाले दोहोरो शुल्क लाग्ने व्यवसायीहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।