logo

मौद्रिक नीतिले मूल्यवृद्धि निम्त्याउने डर, आयातकर्ताको लागत बढ्ने 

    1539   पटक पढिएको

२८ आषाढ/अर्थ र व्यापार– नेपाल राष्ट्र बैंकले बुधबार मौद्रिक नीति सार्वजनिक गर्दै सामान आयातको भूक्तानीको माध्यमका रुपमा प्रतितपत्र (एलसी)लाई प्राथमिकता दिँदा त्यसले मूल्यवृद्धि हुने देखिन्छ । 

एलसीले विभिन्न मुलुकहरुवाट आयत गरिने आयातित् सामान तथा कच्चा पदार्थको मूल्य बढाउने भएको हो ।

नेपाल राष्ट्र बैंकले भारतबाट हुने ५ करोड भारु (८ करोड रुपैयाँ) भन्दा धेरैको आयातको भुक्तानीको माध्यम एलसी हुनुपर्ने व्यवस्था गरेको छ । यस्तै तेस्रो मुलुकबाट सामान आयात गर्ने वेयवसायीले ४० हजार डलर भन्दा धेरैको आयात एलसीमार्फत गर्नुपर्नेछ ।

राष्ट्र बैंकले भारतबाट हुने आयात व्यापारमा पहिलोपटक विना एलसी ल्याउन पाउने सामानमा सीमा तोकेको हो । तेस्रो मुलुकबाट हुने आयातमा भने ३० हजार डलरको सीमामा परिवर्तन गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका भारतबाट हुने आयातमा पहिलो पटक लगाइएको एलसीको बाध्यकारी सीमाले आयातको लागत महँगो हुने बताउँछन् । यसले प्रक्रियागत लागत बढाउने हुँदा सामानको मूल्य केही बढाउने देखिन्छ,’ उनले भने। भूक्तानीका अन्य माध्यमहरु डेलिभर एट प्लेस (डिएपी) र टेलिग्राफिक ट्रान्सफर (टिटी)को साटो सरकारले एलसीलाई प्राथमिकता दिएको छ । यस्तै, सरकारले भारत र चीनबाट हुने आयातमा पाउने भन्सार छुट लिन पनि एलसी अनिवार्य गरिसकेको छ ।

कतिपय भुक्तानी अहिले पनि गैह्र बैंकिङ प्रणालीबाट भइरहेका छन् । सरकारले त्यसलाई नियन्त्रण गरेर बैंकिङ भूक्तानी प्रणालीलाई स्थापित गर्न खोजेको हो । भन्सार सुविधा लिन एलसी खोलेकै हुनुपर्ने व्यवस्था छ । 

तर, महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले व्यवसायिक लागत डेढ प्रतिशतसम्म बढ्न सक्ने उल्लेख गरे । यसले त्यही अनुपातमा आयातित वस्तुको भाउ पनि बढ्ने उनको दावी छ । सवारी साधन र औद्योगिक कच्चा पदार्थको मूल्य एकदेखि डेढ प्रतिशतसम्म बढाउने उनले बताए ।

वैदेशिक व्यापारमा भूक्तानीका विभिन्न माध्यममध्ये एलसीलाई महँगो माध्यमका रुपमा लिइन्छ । आयातकर्ताको जमानीका रुपमा बैंकले काम गर्दा यता पनि शुल्क तिर्नुपर्ने र भूक्तानी सुनिश्चितता शुल्क निर्यातकर्ताको देशमा रहेको बैंकलाई पनि तिर्नुपर्ने भएकाले दोहोरो शुल्क लाग्ने व्यवसायीहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।