चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै उखु किसानले काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेका छन् ।
मोरङ प्रहरीले भन्सार छलेर ल्याएको करिब २ लाख मूल्य बराबरको १४७ सेट थर्मकोट बरामद गरेको छ ।
नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रले तोकिएको म्यादभित्र बासमती धानको भौगोलिक हकमा दाबी(विरोध गर्ने निर्णय गरेको छ ।
विवेकशील नेपाली पार्टी र साझा पार्टीबीच भोली बुधवार एकता घोषणा हुने भएको छ ।
वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासिक अवधिमा साढे ६ अर्ब ५५ करोड रुपियाँ बराबरका सवारी साधन भित्रिएको छ ।
मजदुर आन्दोलनका कारण संखुवासभा जिल्लामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको निर्माण कार्य अवरुद्ध भएको छ ।
दुई मुलुकबीच व्यापार सहजीकरण गर्न नेपाल–भारत संयुक्त विजनेस फोरम गठन हुने भएको छ ।
युरोपियन युनियनले नेपालको हवाई उड्डयनलाई कालोसूचीबाट हटाउन सक्ने संकेत गरेको छ ।
करीब १० महीनादेखि कोरोना महामारीका कारण जारी गरिएको लकडाउनले स्थगित रहेको ओद्यौगिक गणना कार्य आज आईतबारदेखि सुरक्षा मापदण्ड अपनाउँदै पुनः शुरु गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले संकटले केही न केही अवसर प्रदान गर्ने भन्दै कोभिड–१९ महामारीले प्रविधिलाई फस्टाउने अवसर दिएको बताएका छन्।
यातायात व्यवस्था विभागले कोभिड–१९ संक्रमणयता बन्द रहेको सवारी लाइसेन्सको आवेदन लिने र परीक्षा गराउने काम पुनः थालिने बताएको छ ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा गरेको छ ।
विद्युत प्राधिकरणको तथ्यांक अनुसार गत आर्थिक वर्षको असोज महिनाको तुलनामा चालु आर्थिक बर्षको असोजमा २.३१ प्रतिशतले विद्युत चुहावट बढेको छ ।
ठमेलका व्यवसायीहरुले रात्रीकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै बुधबार प्रदर्शन् गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले अर्थमन्त्री विष्णु पौडेलसंग भेटेर दोहोरो प्रकृतिका कर खारेज गर्न माग गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निर्यात व्यवसायलाई अर्थतन्त्रको प्रमुख इन्जिनका रूपमा विकास गर्ने गरी महासंघले आफ्नो दृष्टिकोण निर्माण गर्ने बताएका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य ऐन उल्लङ्घन गर्ने उद्योगमा सबैभन्दा बढी प्रशोधित पिउने पानीका उद्योग रहेको जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् ।
वैदेशिक रोजगार कार्यालय ताहाचलले श्रम स्वीकृति नलिइ टिकट आदि ब्यवस्था नगर्न आग्रह गरेको छ ।
निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको १९ औं अध्यक्ष बन्न सफल शेखर गोल्छाले संमृद्ध मुलुक निर्माणका लागि एकजुट भएर काम गर्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा किशोरकुमार प्रधान समूहबाट अञ्जन कुमार श्रेष्ठ विजयी भएका छन् । उनले ६२ मत पाएर विजयी भएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) वस्तुगत तर्फको मतपरिणम सार्वजनिक भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) को नयाँ नेतृत्वका लागि आज शनिवार भएको निर्वाचनको मतपरिणाम आउन थालेको छ ।
संसदीय सुनुवाई समितिको शुक्रबार बसेको बैठकले न्याय परिषद् सदस्यमा प्रस्तावित वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।
काठमाडौंको चोभारमा बन्दै गरेको सुख्खा बन्दरगाहको भौतिक प्रगति ५५ प्रतिशत सकिएको नेपाल इन्टर मोडल यातायात विकास समितिले जनाएको छ ।