logo

नेपालको चालु वर्षको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै हुने 

    1559   पटक पढिएको

२२ पुस/अर्थ र व्यापार– विश्व बैंकले नेपालको चालु आर्थिक बर्षमा आर्थिक बृद्धिदर ०.६ प्रतिशतमा सिमित रहने पुन: दोहो¥याएको छ ।

यस अघिनै विश्व बैंकले दक्षिण एसियास्तरीय आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको थियो ।

बैंकले गत आर्थिक वर्षको बृद्धिदर ०.२ प्रतिशतमात्र भएको अनुमान गरेको छ । केन्द्रीय तथ्यांक विभागले भने २.४ प्रतिशतको बृद्धिदर हुने प्रक्षेपन गरिसकेको छ ।

कोरोना भाइरस संक्रमणका कारण जारी गरिएको लकडाउनले गर्दा नेपालको मुख्य निर्यात पर्यटन प्रभावित भएको, आन्तरिक आर्थिक गतिविधि सुस्त भएकाले आर्थिक बृद्धिदर संकुचित भएको बैंकको दाबी छ ।

यस्तै, सन् २०२१ मा कोरोना भाइरस विरुद्धको खोप प्रभावकारी रुपमा आएको खण्डमा संसारको अर्थतन्त्र ४ प्रतिशतले मात्र बढ्ने बैंकले जनाएको छ ।

नेपालमा अनौपचारिक व्यवसायमा संलग्न करीव ५० प्रतिशत उद्यमीहरुनै अधिकांश श्रमजिवीको कमाइका मूख्य स्रोत भएको भन्दै कोरोनाका कारण शहरी अनौपचारिक क्षेत्रका कामदार र तीनका परिवार सबैभन्दा बढी जोखिममा रहेको बैंकले बताएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।