logo

हिमालयन डिष्टिलरीद्वारा १००% लाभांश प्रस्ताव, पुस २९ गते एजीएम

    1885   पटक पढिएको


३ पुस/अर्थ र व्यापार– हिमालयन डिष्टिलरीकोे बिहीवार बसेको सञ्चालक समितिको बैंठकले गत आर्थिक वर्ष मुनाफाबाट शत प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

कम्पनीले शेयरधनीलाई ५० प्रतिशत बोनस र ५० प्रतिशत नगद लाभांश (कर सहित) गरी शत प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीको रजिष्टर्ड कार्यालय पर्सा, विरगञ्जमा पुस २९ गते हुने २०औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते (एक दिन) बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउनेछन् ।

हाल कम्पनीको चुक्तापूँजी रू. ५७ करोड ८४ लाख ६८ हजार छ । बोनस वितरण पछि कम्पनीको चुक्तापूँजी रू. ८६ करोड ७७ लाख पुग्नेछ ।

कम्पनीले पछिल्लो समय प्रशासनिक खर्च उल्लेख्य रूपमा घटाएको छ। ३१ करोडको खर्चलाई २० करोड ४० लाखमा सीमित गरेको छ । यसले पनि कम्पनीको नाफामा उच्च सुधार देखिएको हो ।

कम्पनीको कुल सेयरमध्ये ३८ प्रतिशत सर्वसाधारणमा छ। ६२ प्रतिशत हिस्सा संस्थापकको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।