२१ पुस/अर्थ र व्यापार– शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको जिल्लान्तर सरूवा रोक्ने निर्णय गरेको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सोमबार एक विज्ञप्ति जारी गर्दै शिक्षकको जिल्लान्तर सरूवामा रोक लगाएको हो ।
केन्द्रले शिक्षक दरबन्दी मिलानको कार्य भइरहेकोलेले अहिलेका लागि जिल्लान्तर सरूवा रोक गर्ने निर्णय गरेका विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा विभिन्न जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइहरूबाट जिल्लान्तर सरूवा सम्बन्धमा निर्देशन माग भई आएको सन्दर्भमा हाल शिक्षक दरबन्दी मिलानको कार्य भइरहेको र यो कार्य सम्पन्न गर्न अझै केही समय लाग्ने देखिएको अर्को सुचना जारी नभएसम्मको लागि जिल्लान्तर सरूवा रोक्का राख्ने जनाएको छ ।
तर यसअघिनै केन्द्रको पूर्वअनुमति लिएकाहरूले भने जिलान्तर सरूवा हुन पाउने छन् ।
तपाईको प्रतिक्रिया