logo

कोशी करिडोरमा निर्माणाधीन नौ ओटा पुलमध्ये ७ ओटाको निर्माण सम्पन्न हुँदै 

    1532   पटक पढिएको

२१ पुस/अर्थ र व्यापार– निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना कोशी करिडोरमा निर्माणाधीन नौ ओटा पुलमध्ये ७ ओटाको चालू आर्थिक वर्षभित्रमा निर्माण सम्पन्न हुने भएको छ।

राष्ट्रिय गौरवको आयोजनाको उत्तर–दक्षिण करिडोरमा हालसम्म २२ ओटा पुल चाहिने देखिएकोमा अहिलेसम्म एउटा पुल मात्रै सम्पन्न भएर सञ्चालनमा आएको छ ।

कोशी करिडोर, खाँदबारी–किमाथांका सडक योजनाका प्रमुख गौतमकुमार श्रेष्ठले मौसम र समयानुकूल भए चालू आवभित्रै सात ओटा पुल सम्पन्न गर्न सकिने बताए ।

योजनाका प्रमुख श्रेष्ठले करिडोरअन्तर्गत नै पाँच ओटा पुल डिजाइनको स्वीकृत क्रममा रहेको जानकारी दिए । उनले डिजाइन स्वीकृत भएमा चालू आवभित्रै ठेक्का निकाल्न सकिने बताए ।

डिजाइन स्वीकृत भएमा चालू आवभित्रै ठेक्का निकाल्न सकिने उनको भनाइ छ । निर्माण सामग्रीको अभावका कारण डीपीआर गरेर पछि निर्माण गर्ने भन्ने बिषयमा पनि छलफल भइरहेको श्रेष्ठले जानकारी दिए ।

जम्मा १६२ किमी लम्बाइको कोशी करिडोरको १४८ किमीमा ट्र्याक खुलिसकेको छ । सो करिडोरअन्तर्गतको बाँकी १४ किमी सडकको ट्र्याक खोल्न नेपाली सेनालाई जिम्मेवारी दिइएको छ ।

अहिले राजमार्गको १० किमी सडक स्तरोन्नति भइरहेको छ भने ३९ किमी सडक कालोपत्र गर्नका लागि अर्थ मन्त्रालयले रू. दुई अर्ब ६० करोड स्वीकृत गरिसकेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।